Sarubhakta, the pen name of Bhakta Raj Shrestha, is a celebrated Nepali novelist, poet, playwright, essayist, and lyricist known for his contributions to Nepali literature. He was born in 1956 AD in Bagbazar, Pokhara. He started writing around 1978. He has published around four dozen literary works, including the Madan Puraskar-winning "Pagal Basti" and others such as Tarunikheti, Samay Trasadi, Chulee, Adhyaro Kotha, Chhori Bramanda, and Padartha HaruKo Geet, which are his notable works. He blends science, philosophy, and Eastern and Western ideologies in his writing. Sarubhakta is also known for his popular songs like China Company, Hong Kong Pokhara, and Lampate Surati. An avid animal lover, football fan, and environmental activist, he has written on global warming and children’s literature, with works like "Prithivi Ko Sawai"and the upcoming "Prithivi Aama". He is a former Chancellor of the Nepal Music and Drama Academy and a member of the Royal Nepal Academy.
सरुभक्त, भक्तराज श्रेष्ठको उपनाम, नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउने एक ख्यातिप्राप्त नेपाली उपन्यासकार, कवि, नाटककार, निबन्धकार तथा गीतकार हुन्। उनको जन्म २०१३ सालमा पोखराको बागबजारमा भएको थियो। उनले २०३५ सालतिर लेख्न सुरु गरेका थिए। उनले चार दर्जनजति साहित्यिक कृतिहरू प्रकाशित गरेका छन्, जसमा मदन पुरस्कार विजेता पागल बस्ती, साथै तरूणी खेती, समय त्रासदी, चूली, अँध्यारो कोठा, छोरी ब्रह्माण्ड र पदार्थहरूको गीतजस्ता चर्चित कृतिहरू सामेल छन्। उनले आफ्नो लेखनमा विज्ञान, दर्शन तथा पूर्वी र पश्चिमी विचारधारालाई कुशलतापूर्वक समावेश गरेका छन्।
सरुभक्त आफ्ना लोकप्रिय गीतहरू चाइना कम्पनी, हङकङ पोखरा र लम्पटे सुरतीका लागि पनि चिनिन्छन्। जनावरप्रेमी, फुटबलप्रेमी र वातावरणीय अभियन्ता सरुभक्तले जलवायु परिवर्तन र बाल साहित्यमा पनि लेखेका छन्। उनका बाल साहित्यका कृतिहरू पृथ्वीको सवाई र चाँडै प्रकाशन हुन लागेको पृथ्वी आमा उल्लेखनीय छन्। उनी नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका छन्।