पागल बस्ती प्रख्यात साहित्यकार शरुभक्त द्वारा लिखित समसामयिक नेपाली उपन्यास हो। यो उपन्यासले २०४८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो।
Sarubhatka is the pen name of Bhakta Raj Shrestha, a celebrated Nepalese novelist and poet and a winner of Madan Puraskaar, the most prestigious literary honour in Nepal for this book. This book presents a very unique example of different story, story presentation, characterization and writing style in Nepali literature. It is an experimental writing in Nepali literature.
त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना–साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...