Chuli

Chuli

चुली

Paperback
Rs 150
Genre:Contemporary Fiction
Language: Nepali
Published:2012
Paperback
Origin:Nepal
ISBN13:9789937856317
ISBN10:9937856310

पुस्तकको बारेमा

हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।

प्राकृतिक छवि अंकित गर्ने दृष्टिले मात्र होइन, सग।माथाको विकरालता, जोखिम, दुर्घटना, आशंकित मृत्यु आदिको अनुभूति । र दुर्लंघ्य सगरमाथाको भौगोलिकता, आरोहण वृत्तान्त, त्यस सम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।