नइ प्रकाशन नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको हो ।
नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु नइ प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने यो गैरराजनितिक संस्था हो । यो संस्था वसुधैव कुटुम्बकम्को सिद्धान्तमा आबद्ध छ ।
नइ प्रकाशनले नेपाली सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ । यसरी परिचालित सार्वजनिक कार्यले राष्ट्रनिर्माणको महान् अभियानमा समेत आफ्ना ठाउँबाट गच्छेअनुसार सार्थकता प्रदान गरिरहने छ भन्ने हामीलाई लागेको छ ।