Jhapa Bidrohka euta Nayak Shivaprasad Shiwakoti's front cover
Jhapa Bidrohka euta Nayak Shivaprasad Shiwakoti's front coverJhapa Bidrohka euta Nayak Shivaprasad Shiwakoti's back cover

Jhapa Bidrohka euta Nayak Shivaprasad Shiwakoti

झापा विद्रोहका एउटा नायक शिवप्रसाद शिवाकोटी
Paperback
Rs 155
Genre:Biography
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937509893
ISBN10:9937509890
Pages:128
Dimensions:5.2 x 8.3 x 0.2 inches
Weight:154 g
Published: 2021
Edition:1st

पुस्तकको बारेमा

नरेन्द्रराज प्रसाईद्वारा लिखित शिवप्रसाद शिवाकोटीको जीवनीकृतिमा झापा विद्रोहका कमान्डरको जीवनवृत्तान्तका साथै झापा विद्रोहको दस्तावेज राखिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

नरेन्द्रराज प्रसाई नरेन्द्रले चकमकबाट झिल्का निकालेछ । यस फिल्काले भोलिका दिनमा कस्तो नतिजा ल्याउला हेरौं !
- शिवप्रसाद शिवाकोटी
नरेन्द्रराज प्रसाईद्वारा लिखित शिवप्रसाद शिवाकोटीको जीवनीकृतिमा झापा विद्रोहका कमान्डरको जीवनवृत्तान्तका साथै झापा विद्रोहको दस्तावेजै राखिएको रहेछ ।
-  मोहनचन्द्र अधिकारी
'झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी' जीवनीकृति प्रामाणिक रूपमा देखा पर्नु नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा थप हर्षको विषय हो।
- सीपी मैनाली
नरेन्द्र भाइले छोपिइसकेको त्यो गाथा हाम्रा सामुन्ने राखिदिएकाले अब झापा विद्रोहको इतिहास हरायो नै भनेर हामीले पछुताउनुपर्ने ठाउँचाहिँ रहेन ।
- प्रदीप नेपाल
नरेन्द्रराज प्रसाई सधैं नेपथ्यबाट बोल्छन्, कहींकतै आफ्नो डम्फु बजेको सनिदैन, कहींकतै मपाइँको स्वर घन्कँदैन। व्यक्ति वा वस्तुलाई अघि राखेर उनी एउटा चित्रकारले जस्तो चित्र कोर्दै जान्छन् । उनको भाषाशैलीले एउटा | नयाँ भूमि टेक्न पुग्छ, विचारले एउटा नयाँ डाँडा उघार्न खोज्छ ।
- प्रा.राजनारायण प्रधान
नरेन्द्रराज प्रसाईले गर्तमा पुरिएको झापा विद्रोहको घटनालाई लालकिल्लाको आलेखका रूपमा उजागर गरिदिएकाले शिवप्रसाद शिवाकोटीलाई इतिहासमा प्रस्ट रूपमा चिन्न र बुझन हामीलाई सहज भएको छ ।
- प्रा.डा.सुरेन्द्र केसी
नरेन्द्र भाइजस्ता योद्धाबाटै लेखिएको यस कतिले झापा विद्रोहको इतिहासलाई नै खुलस्त पारेको छ ।
- विष्णुभक्त प्रसाई
यदि नरेन्द्रराज प्रसाईले 'झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी' नलेखिदिएको भए शिवाकोटीको यसरी जरादेखि हाँगा र हाँगादेखि टुप्पासम्मको जीवनवृत्त र सालबारीदेखि सुखानीसम्मको इतिहास अरूबाट प्रकट हन सक्तैनथ्यो।
- जयप्रसाद यूके

RELATED BOOKS