Nai Rajat Mahotsavh Ra Mero Nepali Sahityiksamalochana Sadhana

नइ रजत महोत्सव मेरो नेपाली साहित्यिकसमालोचना साधना

Genre:Non-fiction
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937509954
ISBN10:9937509955

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली भाषासाहित्यमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको आफ्नो बेग्लै आकाशको स्थापना भइसकेको छ । साहित्यका विशिष्ट कृतिमा गहिरिएर आफ्नो समीक्षात्मक मत प्रकट गर्ने उच्चकोटिका समीक्षकको नाउँ डा. वासुदेव त्रिपाठी हो। वर्तमान नेपाली समालोचनाका क्षेत्रमा वासुदेव त्रिपाठीको नाउँ आधिकारिक, प्रामाणिक र गौरवशाली आधार मानिन्छ । त्यति मात्र होइन, प्रा. त्रिपाठी नेपाली समालोचनाको मानक निर्धारकका रूपमा स्थापित सर्जक हुन् । समालोचना क्षेत्रका सर्वोच्च शिखर डा. त्रिपाठीका कविता र निबन्ध रचनाका साथै भाषिक विज्ञतामा समेत आसन त्यतिकै विशिष्ट, गरिमामय र उच्च रहेको छ ।