पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, कुन-कुन कृति परे ?

काठमाडौं- पद्मश्री साहित्य पुरस्कार-२०८० का लागि पहिलाे चरणकाे उत्कृष्ट विस्तारित सूची सार्वजनिक भएकाे छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले १८६ वटा साहित्यिक पुस्तकबाट पहिलाे चरणमा पन्ध्र पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे। चयन समितिले १५ पुस्तकमध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ । 
नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आइएको छ।


सूचीमा परेका कृतिहरू:

१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा
२.अद्वैत- उपन्यास, कृष्ण गौतम
३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा
४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन
५.गोधूलि गीत- उपन्यास, भानु बोखिम
६.गोपीचा- उपन्यास, विश्व कुइकेल
७.जोगियाना- संस्मरण, कुमार नगरकोटी
८.बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले
९.बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना
१०.बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल
११.बोरा- उपन्यास, अखण्ड भण्डारी
१२.भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम
१३.लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा
१४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो
१५.साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आइएको छ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई लाख रुपैयाँ राशीको पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।