Adiyeka Paila
Adiyeka PailaAdiyeka Paila

Adiyeka Paila

अडिएका पाइला

Paperback
Rs 650
Genre:Novels
Language : Nepali
Published: November 25, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937790123
ISBN10:9937790123

पछिल्लो बाहिरी पृष्ठबाट

तीक्ष्ण दिमाग र पाको स्वभावकी अनसूया दर्शनमा रूचि राख्छिन् । भर्खर विश्वविद्यालयको पढाइ सकेर अध्यापन थालेका अस्तित्व विद्यार्थीबीच प्रिय छन् । जीवनका गहिरा प्रश्नको मन्थनमा आफैँसँग रमाइरहेका तिनै अस्तित्वलाई एक नियतिजन्य भेटले अनसूयासँग जोड्छ । एकअर्कासँगको सामीप्य उत्कर्षमा पुगेका बेला उनीहरू थाहै नपाई सामाजिक रूपमा टाढा हुन थाल्छन् ।

जीवनका बाटा अलग हुन थाले पनि उनीहरू दुवैको समय त्यही बिन्दुमा रोकिए जस्तो हुन्छ, जतिखेर उनीहरू भौतिक र मानसिक रूपमा सँगै हुन्छन् । कथाको एक नाटकीय मोडमा संवेदनशील वन्दनाको निर्दोष प्रवेश हुन्छ । अनसूया र अस्तित्वको खास समस्या के होला भनेर बुझ्दाबुझ्दै उनी आफू स्वयम् उनीहरूको जटिलताको अंश बन्न पुग्छिन् ।

अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यास अडिएका पाइलामा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन् ।