Galli Sansar's front cover
Galli Sansar's front coverGalli Sansar's back cover

Galli Sansar

गल्ली संसार
Paperback
Rs 700
Genre:Nepali Prose/Essays, Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937753722
ISBN10:9937753724
Dimensions:5.3 x 8.4 x 0.6 inches
Weight:261 g
Published: May 24, 2024

पुस्तकको बारेमा

कविता र निबन्ध विधामा कलम चलाउने रोशन शेरचन ( विद्यावारिधि, वातावारणीय विज्ञान ) को गल्ली संसार छैटौं साहित्यिक पुस्तक हो। निबन्ध विधाको मर्मअनुसार आकर्षक शैलीमा लेखिएको छ । पुस्तकलाई वैचारिकी, पर्यावरण, स्मृति र यात्रा गरेर चार खण्डमा तयार गरिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् ।  
कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन्। कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् ।
निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन्।
विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ।