Sanskriti Chintan

Sanskriti Chintan

संस्कृति चिन्तन

Paperback
Rs 499

पुस्तकको बारेमा

प्रोफेसर अरूण गुप्तो असलमा एक ‘फकिर’ हुन्, जसको लेखन आत्ममुग्धताबाट मुक्त छ, तर यो आफैँमा भने मग्न छ । चिन्तन, दर्शन र कलाको संसारमा यी फकिर कहिले कता डुलिरहेका हुन्छन्, कहिले कता घुमिरहेका हुन्छन् । र, ज्ञान टिपिरहेका हुन्छन्, मिथक बटुलिरहेका हुन्छन् । काठमाडौँका देवीहरू नियालिरहेका हुन्छन् र तिनका अनुहार बदलिएका छन् भन्ने निष्कर्षमा पुग्छन् । संस्कृति अध्ययन तथा अनुसन्धानका उनी सतत् जिज्ञासु विद्यार्थी हुन्, जो संस्कृति धरापमा परेको देखेर सधै चिन्तामग्न हुन्छन् । यी प्रोफेसरका लागि विश्वविद्यालय त्यति ठूलो संसार होइन, जति यहाँका आदिम गल्ली हुन् । उनी पुराना गल्लीतिर बरालिन्छन्, उत्तर औपनिवेशिक विषयदेखि दक्षिण एसियाली संस्कृतिसम्म चिन्तन गरिरहन्छन् । यस सङ्ग्रहका निबन्धमा गुप्तोले कलामाथि विस्मयकारी मीमांसा गरेका छन् । यी पाठले समाज र जागरुक पाठकसँग जीवन्त संवाद गर्छन्, किनभने यी विद्वता, विचार र वैविध्यका त्रिवेणी हुन् । यी निबन्ध अहिलेसम्म कसैले नदेखेका, कसैले नलेखेका संस्कृतिका विभिन्न विषयमाथि नयाँ कोणसहित उपस्थित छन् । दर्शन, कला र साहित्यका एक पाठशाला गुप्तो पढ्नु एकसाथ पुरानो र नयाँ समयको पदचाप पढ्नु हो । नायक विमर्श, खलनायक विमर्श, देवी विमर्शमार्फत् उनी पाठकलाई आफूले आजसम्म बनाइरहेको विम्बमाथि पुनर्चिन्तनको चुनौती दिन्छन् । गुप्तो चुनिएका-चिनिएका लेखक हुन्, जो केवल चिन्तनको घेरा बढाउँदैनन्, संस्कृति र सृजनको नयाँ वृत्त पनि निर्माण गर्छन् ।