Share Shastra

Share Shastra

शेयर शास्त्र

E-book
Rs 90
Paperback
Rs 120
Genre:Business & Economics
Language: English
Edition:1st

पुस्तकको बारेमा

पुस्तक समीक्षा (शेयर शास्त्र ) प्रभाष दाहालद्वारा अंग्रेजी भाषामा लिखित 'शेयर शास्त्र' शेयर सम्बन्धि चासो र जानकारी राख्न चाहने जो कोहीलाई पनि धेरै उपयोगी हुने देखिन्छ । आधुनिक अर्थव्यवस्थामा शेयर लगानीको धेरै महत्वपूर्ण भूमिका रहेको हुन्छ । खासगरेर वित्तीय कारोवारमा संलग्न रहने व्यक्ति, संस्था वा निकायहरुले आफनो लगानी कस्तो क्षत्रेमा लगाउंदा बढी भन्दा बढी फाइदा हुन्छ भन्ने सोचेका हुन्छन् । उनीहरुले यस्तो लगानी गर्नु भन्दा अगाडि शेयर वजारको विश्लेषण र यसको प्रभावको चक्रलाई नजिकबाट नियालेर उर्वर क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । यस्तो गर्नका लागि अवश्य पनि शेयर सम्बन्धि प्राविधिक ज्ञान हासिल गर्नु आवश्यक हुन जान्छ । लेखकले यस विषयमा आफनो अनुभवको आधारमा यस सम्बन्धि जानकारी प्रस्तुत गरेका छन् । पुस्तकको  पहिलो भागमा शेयर निस्कासन गर्ने विभिन्न कम्पनिहरुको सूचि दिइएको छ  जस्मा कमर्शियल बैंक , डेभलोपमेन्ट बैंक , फाइनान्स , होटल ,हाइड्रो, इनसुरेन्स, नन् लाइफ इन्सुरेन्स कम्पनि , म्यानुफयाक्चरिंग एण्ड प्रोसेसिंग, माइक्रो फाइनान्स र प्रमोटर शेयर छन् । पुसतकको सवैभन्दा महत्वपूर्ण विशेषता शेयर कारोवारमा अनिवार्यरुपले प्रयोग भै रहने प्राविधिक शब्दावलीहरुको अर्थ दिइएको छ । शेयर वजारको संजाल भित्र पस्न चाहनेहरुले यी शब्दहरुका वारेमा जान्नै पर्ने हुन्छ । त्यस्ता प्राविधिक शब्दावलीहरु Market Correction , Dividends , Intra Day Trading , Portfolio , Index , Exchange Traded Fund ,Mutual Funds , Market Capitalization , IPO , Trading Volume , Liquidity , Good Till Cancelled Order , Day order , Limit order , Market Order , BID ASK SPREAD , BID , ORDER , BEAR MARKET , BULL MARKET , SHARE , STOCK , OVER THE COUNTER , Stock Exchange SHARE MARKET आदि हुन्  । यसका अतिरिक्त उक्त पुस्तिकामा लेखकले शेयर बढनुका कारण र कस्ता कारोवारमा लगानी गर्ने भन्ने विषयमा पनि संक्षिप्त विश्लेषण गरेका छन् । त्यसैगरी नेपालमा शेयर वजारलाई प्रभाव पार्ने कारण र तिनका तत्वहरुका पक्षमा पनि प्रकाश पारिएको छ । अतः प्रस्तुत पुस्तिका व्यवस्थापनमा अध्ययन गर्ने विद्यार्थीहरु , शेयर वजारमा लगानी गर्न इचछुक व्यक्ति तथा निकायहरुका लागि अति उपयोगी तथा राम्रो मार्गदर्शक बन्न सक्ने विश्वास गरिन्छ । 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode