Share Mantra's front cover

Share Mantra

सेयर मन्त्र
Share Mantra's front coverShare Mantra's back cover

E-book

Rs 275

Paperback

Rs 375

Delivery in 1-3 days

सेयर बजारमा भएका भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्नेछ । 

पछिल्लो बाहिरी पृष्ठबाट

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्र्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हने गर्छन । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनुभएको छ ।

उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषणलगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ।

All Editions

9789937217354
Paperback, 1st Edition
ISBN13: 9789937217354
Securities Research Center and Services(SRCS), 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.0
RC
Rajesh Chaudhary
August 6, 2026

MN
megnath neupane
July 26, 2025

MS
Min Sharma
January 26, 2025

Ramro kura sikne absar pate