Kavitako Katha Geetko Katha
Kavitako Katha Geetko KathaKavitako Katha Geetko Katha

Kavitako Katha Geetko Katha

कविताको कथा गीतको कथा

Paperback
Rs 315 Rs 350
Genre:Literature/Essays
Language: Nepali
Published:April 18, 2022
Paperback
Weight:185 g

पुस्तकको बारेमा

कविताको कथा गीतको कथा कवि तथा गीतकार दिनेश अधिकारीका साहित्यिक अनुभवहरूको संगालो हो।

यस कृतिभित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

कुरो २०५७ साल जेठ १३ गतेको हो । म कार्यालयतिरे थिएँ । घरबाट श्रीमतीले फोन गरिन - आजको साप्ताहिक भन्ने पत्रिकामा दिनेश अधिकारीका दुई पत्नीहरू भनी छापिएको छ रे । मलाई मेरो साथीले फोन गरेर सुनाई । के हो त्यो ? एकपल्ट त म पनि झस्किएँ । पत्रिका मगाएँ । हो, कान्तिपुरको सह-प्रकाशन साप्ताहिकको अन्तिम पात्रोमा शीर्षक नै रहेछ- दिनेश अधिकारीका दुई पत्नीहरू । त्यो डा. डी.पि भण्डारी सरको लेखोट हो भन्ने देखेपछि दुक्क भएँ। 'डा. डी.पी भण्डारीसँग अन्तरंग स्तम्भको नाम रहेछ । उहाँको लेख पढ्न सुरु गरे । सुरुमै लेखिएको थियो आधुनिक नेपाली काव्य जगतका तीन चार स्रष्टाहरू मध्ये दिनेश अधिकारी एक कवि हुन् जसबाट म अत्याधिक प्रभावित भएको छु, स्पर्शित भएको छु । पढ्दै जाँदा थाहा भयो, अतिरिक्त अभिलेख शीर्षकको मेरो कवितासङ्ग्रह पढेपछि त्यसैको सेरोफेरोमा उहाँले यो लेख लेख्नु भएको रहेछ र 'बिहे' शीर्षकको कवितामा बढी केन्द्रित हुनु भएको रहेछ ।

-पेमला गुरुवाचार्य (श्रीमती नारायणगोपाल) ले ‘नारायणगोपालसँगका मेरा बीस वर्ष’ शीर्षकको लेखमा त्यस गीतका सम्बन्धमा लेख्नु भएको कुरा पनि सम्झन्छु । उहाले लेख भएको छ - उहाँलाई गीत र सङ्गीत छान्ने कुरामा केही रूपमा म पनि सहयोग गर्थे तर अन्तिम निर्णय उहाँ एक्लैको हुन्थ्यो । कहिलेकाहीं मलाई मन परेको गीत उहाँलाई मन पर्दैनथ्यो । दिव्य खालिङको सङ्गीत र दिनेश अधिकारीको । लेखनको एउटा गीतमा यस्तै भएको छ- भेटी नभेट्न सक्ने आकाशको तलाउ, तिमी साफ बत्ती बाल यात्रा मलाई देऊ यसको शब्द र लय दुबै मलाई असाध्य मन। परेको थियो तर उहाँलाई भने परेन । उहाँले कहाँ चित्त बुझेन भनेर गाउनु भएन ।

(यसै पुस्तकबाट)

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode