Dhuwanko Tasbir
Dhuwanko TasbirDhuwanko Tasbir

Dhuwanko Tasbir

धुवाँको तस्बिर

E-book
Rs 150 Rs 250
Genre:Psychological Fiction, Thrillers
Language: Nepali
Published:February 01, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937942034
ISBN10:9937942039
Pages:340

पुस्तकको बारेमा

यो उपन्यास मानव मनोविज्ञान र रहस्यमा आधारित  छ।
उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी  आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ। 
उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ।

पछिल्लो बाहिरी पृष्ठबाट

सानै देखि संगीतमा रुचि राख्ने कपिल समयको प्रवाहसँगै विदेश पढ्न जान्छ र इन्जिनियर बन्न पुग्छ। तर विश्वकै आधुनिक मध्येको शहर साङ्घाईमा सुविधाजनक जीवन बिताइरहेको उसलाई संगीतको प्यास मेटिएको हुँदैन। साङ्घाईको आधुनिक जीवनप्रति उसलाई विस्तारै विकर्षण हुन थाल्छ र नेपालकै प्राकृतिक जीवनमा फर्केर आफ्नो संगीत साधना गर्ने उसको योजना हुन्छ। तर नेपाल फर्कनु उसको लागि त्यति सहज हुँदैन। त्यसैले बढीमा पाँच वर्ष बसेर केही पैसा जम्मा गरेर नेपाल फर्कने योजना बनाएको उसलाई बिचमा अनेक अवरोध आउँछ- कहिले पैसा, कहिले बच्चाको भविष्य त कहिले नेपालको राजनीतिक स्थिति। त्यस्तै बहाना बनाएर पत्तै नपाएर उसको पन्ध्र वर्ष चीनमै बित्छ। अब त जसरी पनि फर्कन्छु भनेर उसले नेपाल फर्कने योजना बनाउँछ तर शुरु देखि नै कपिलको साथी रहेको एक जना चिनियाँले उसलाई अनेक प्रलोभन देखाएर चीनमै बस्न सल्लाह दिन्छ।

तर उसको नेपाल फर्कने भित्री इच्छा मरेको हुँदैन। सबै प्रलोभनलाई लत्याएर जब ऊ नेपाल फर्कन तम्सिन्छ, उसलाई चिनियाँसाथीले आफ्नो चंगुलमा फसाइसकेको हुन्छ र कपिल चिनियाँ साथीको नजरबन्दमा बस्न बाध्य हुन्छ।

कपिल उक्त नजरबन्दबाट निस्कन के के गर्छ र नजरबन्दबाट निस्कन सफल हुन्छ या हुँदैन, त्यही विषयलाई उपन्यासमा रोचक र रहस्यमय ढंगबाट प्रस्तुत गरिएको छ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode