Rajyabhishek's front cover
Rajyabhishek's front coverRajyabhishek's back cover

Rajyabhishek

राज्याभिषेक: नयाँ युगको शुरुवात

E-book

Rs 325

Paperback

Rs 300 375

Delivery in 1-3 days

Genre:Science Fiction, Fantasy
Language: Nepali

Audiobook

Narrators:Dr Raju Adhikari

पछिल्लो बाहिरी पृष्ठबाट

पृथ्वीका सबै जीवजन्तुहरू पनि मानिस जस्तै प्रकृतिका महत्त्वपूर्ण रचना हुन् । सन्तुलित र सुचारुरूपले प्रकृति सञ्चालन हुनको लागि हरेक जीवजन्तुको उत्तिकै भूमिका हुन्छ । धर्तीका हरेक जीवजन्तुहरूलाई पृथ्वीमा बाँच्ने समान अधिकार हुनुपर्छ र त्यति भए मात्र पृथ्वी सबैको सुन्दर घर हुन सक्छ। तर मानिसले आफ्नो सुख सुविधाको लागि पृथ्वीका कैयौँ जीवजन्तुलाई लोप हुन बाध्य बनाएको छ र अहिले बचेका सिमित जीवजन्तुहरू पनि मानिसका व्यवहारहरूबाट उत्पिडित छन् र दिन प्रतिदिन लोप हुने प्रकृयामा छन् । आफ्नो स्वार्थ पुरा गर्न मानिसले जनावरहरूलाई क्रुरतापूर्वक विभिन्न कार्यको लागि प्रयोग गर्दै आएको छ । ती प्रयोगहरू मध्ये जनावरहरूलाई निर्ममरुपमा औषधि परिक्षणमा प्रयोग गर्नु पनि हो ।

मानव जातिलाई अमर बनाउन सक्ने औषधिको अनुसन्धान गरिरहेको गोप्य प्रयोगशालाबाट त्यहाँ परिक्षणमा राखिएका बाँदरहरू रहस्यमय रुपमा हराएपछि संसारभरि खेलाबैला मच्चियो । तर ती बाँदरहरू मानिसहरू र अन्य जनावरहरूको सम्पर्कमा पुगेपछि ती बाँदरहरूको शरीरमा प्रयोग गरिएका अनेक थरि औषधि र रसायनहरूले कस्तो नसोचेको असर गर्यो र संसारमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा उपन्यासमा वर्णन गरिएको छ।

 

All editions
9789937737227
Paperback, 1st Edition
ISBN13: 9789937737227
WeRead, 2021

RELATED BOOKS