झापाको मेचीनगरमा जन्मिएका अविरल फरक विषयमा कलम चलाउन मन पराउछन् । उनका 'रक्तकुण्ड', 'रक्तबीज', 'जल्लादको मन', 'लालचुडी', 'नम्रता, 'छलीयुग' आदि उपन्यास तथा 'शाहवंशको शल्यक्रिया', 'फेल हुने केटो' आदि कृति प्रकाशित छन् । उनी स्थापित गीतकार पनि हुन् । उनका ६० बढी गीत स्वराङ्कित छन् । दुई दशक बढी सक्रिय पत्रकारिता गरेका उनी हाल अजम्बरी पब्लिकेसनसँग सम्बद्ध छन् । 'करिया' उनको आठौं उपन्यास तथा चौधौं प्रकाशित कृति हो ।