Genre: | Novels |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937084499 |
ISBN10: | 9937084490 |
Weight: | 245 g |
Published: | February 09, 2021 |
Edition: | 1 |
सय वर्षअघिको सामाजिक इतिहास हो यो । बुढापाकाहरूले भन्ने गरेको कमाराकमारीहरूबारेका रोचक एवम् कारूणिक घटनाहरूलाई यसमा औपन्यासिक रूपमा प्रस्तुत गरिएको छ ।
उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यो बेलाका सामाजिक चालचलन, रीतिरिवाजहरू पढ्दा रोचक लाग्छ । ठाउँठाउँमा भावुकताले घाँटी अँठ्याउँछ ।
कृतिमा राणाहरूका दरबारदेखि रैतीहरूका घरबारसम्मका कुरा छन् । यसले हाम्रो समाज कसरी अघि बढिरहेछ भन्ने कुरा सूक्ष्म रूपमा बताउँछ ।