Shahvanshako Shalyakriya

Shahvanshako Shalyakriya

शाहवंशको शल्यक्रिया

Paperback
Rs 225Rs 250
Genre:History, Non-fiction
Language: Nepali
Edition:4th
Paperback
Origin:Nepal
ISBN13:9789937893800
ISBN10:9937893801
Pages:216
Dimensions:5.0 x 8.0 x 0.3 inches
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

ज्ञानेन्द्र पुत्र पारस जनस्तरमा अलोकप्रिय र नाति हृदयेन्द्र हल्का सुस्तमनस्थितिको भएका कारणले पनि शाहवंशीय शासनको निरन्तरता संकटमा परेको छ । “क” (कुलमण्डन) बाट सुरु भएको शाहवंशको इतिहास ३६ औं अक्षर 'ज्ञ' (ज्ञानेन्द्र) मा आएर टुङ्गिनु अस्वाभाविक होइन ।

२०२६ सालमा बिहे गर्दा कोमललाई लगाइदिने टायरा (मुकुट) नभएर केशरशमशेरकी पत्नीसँग एक दिनका लागि मागेर लैजाने ज्ञानेन्द्र कसरी खर्बपति भए ? यिनको सम्पत्तिको स्रोत के हो ?

१३ वर्षीय किशोरले आफूभन्दा एक वर्ष कान्छी स्त्रीलाई गर्भधारण गराएर बच्चा जन्माउन सक्छ ? तर राजा त्रिभुवन र उनका छोरा महेन्द्रबीचको जम्मा १३ वर्ष ११ महिना १३ दिन र आमा कान्तिराज्यलक्ष्मीसँग जम्मा १२ वर्षको फरक देखिन्छ । गर्भधारण गर्दा झन् कान्छी!

बढीभन्दा बढी स्त्री भोग्ने स्वभाव पृथ्वीनारायण शाहमा पनि रहेको थियो । उनको मृत्युपछि रानी नरेन्द्रलक्ष्मी, दुई उपरानी, छ जना रखैलहरूसहित नौ जना सती जानुले पनि पृथ्वीनारायण शाहको यौनचरित्र उजागर गर्छ । तात्कालीन कवि “लक्ष्मण” ले उनका बारेमा लेखेको कविताको अंशले पनि उनको यौनचरित्र कस्तो थियो भन्ने प्रष्ट पार्छ ।

सुरेन्द्रविक्रमले निर्दोष मानिसहरूलाई हात्तीले कुल्चाएर भुंडी फुटाइदिन लगाउँथे । हात्तीको खुट्टा बाँधेर शहरमा घिसार्न लगाई मनोरञ्जन लिन्थे । सुसारेहरूलाई लुगा खोल्न लगाएर नाङ्गो जिउमा कहिले काउछो खन्याइदिन्थे, खोटो दलेर आगो लगाइदिन्थे । नाङ्गिन नचाहनेलाई अंगरक्षकलाई आदेश दिएर बलात्कार गर्न लगाउँथे । .