Satya Haran

सत्यहरण


E-book
Rs 450
Paperback
Rs 562 Rs 625
Send as Gift!
Genre: Novels, Crime Fiction
Language: Nepali
Published: January 21, 2023
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937737432
ISBN10: 9937737435
Pages: 335

पुस्तकको बारेमा

नेपालको एउटा गोप्य पुस्तकालयमा आगलागी भएपछि त्यसको अनुसन्धान गर्दै जाँदा कसरी विदेशीहरूले नेपालको धर्म, संस्कृति र प्राचिन सम्पदामा कब्जा जमाउन के के गरेका छन् भन्ने कुराको उजागर उपन्यासमा गरिएको छ ।

“सत्य हरण सांस्कृतिक विषयको उपन्यास भए पनि, उपन्यासका सारा पात्रहरू वेदका पुराना प्रति संरक्षण र चोरीमा लागिरहेका भए पनि उपन्यासले आधुनिक वैज्ञानिक पक्षलाई महत्त्वसाथ प्रस्तुत गरेको छ । यस रचनाले आइन्सटाइनको सापेक्षतावादको जरोकिलो पूर्वमा खोजी गरेको छ । इमर्सनका चिन्तनको पूर्वीय कोणबाट विश्लेषण गरेको छ । अष्टचिरञ्जीवीको सम्भावनालाई हाइड्रा जातिको जीवसँग तुलना गरेर प्रस्तुत गरेको छ । मानव विकास जलचर, उभयचर र स्थलचर हुँदै भएको पक्षलाई पूर्वीय अवतार दर्शनसँग रहेको बताउँदै नृसिंह, वामन र कल्की अवतारको चर्चा गरेको छ । गीता दर्शन र न्युटनको चाल, क्रिया र प्रतिक्रिया, क्वान्टम थिअरी र शून्यवाद, बुद्ध, यशु, ओशो, साइबाबाको लोकप्रियताको वैज्ञानिक रहस्यको उद्घाटन पनि उपन्यासमा भएको छ । यी पक्षहरूले उपन्यास संस्कृतिप्रेमीलाई मात्र होइन विज्ञानप्रेमीलाई र सम्पूर्ण उपन्यासका पाठकहरूको मन तान्न सक्छ । यो उपन्यास, उपन्यास कलाका पारखीलाई मात्र होइन ज्ञानका पारखीलाई पनि उपयोगी बनेको छ ।”  -डा. रमेश शुभेच्छु ।


RELATED BOOKS