Raktabeej
RaktabeejRaktabeej

Raktabeej

रक्तबीज

E-book
Rs 195
Paperback
Rs 315 Rs 350
Genre:Novels
Language: Nepali
Published:December 2014
Edition:3rd
Paperback
Origin:Nepal
ISBN13:9789937287005
ISBN10:9937287006
Pages:280
Weight:200 g

पुस्तकको बारेमा

कसैकसैले त कस्तोसम्म लेख्न सक्छन् ! पढ्नसमेत डर लाग्यो । धन्न भाग्यमानी ! उपन्यासभित्र कतै मेरो नाम छैन । कृष्ण अविरलको 'रक्तबीज' साहसको पराकाष्ठै रै’छ । किन यतिविधि निडर हुनु नि ! 'रक्तकुण्ड’को हजुरबाउ उपन्यास । बधाई, शुभकामना अनि ईष्र्या कृष्णलाई । - डा. रामेश कोइराला, आख्यानकार

मुटु नभएको मान्छे’ अर्थात् कृष्ण अविरलको 'रक्तकुण्ड' पढ्दा त्यो बेला मन सिरिङ्ग्ग भएको थियो । यसपटक 'रक्तबीज' पढ्दा उनको अनुसन्धान क्षमता र लेखनशैली निकै माझिएको महसुस भयो । राजदरबारसँग सम्बन्धित कतिपय घटनामा अनुमानै गर्न नसकिने रहस्योद्घाटन अनि आङ्गै सिरिङ्ग्ग पार्ने सनसनीपूर्ण खुराकले उपन्यासलाई पठनीय बनाएको छ । मलाई विश्वास छ, 'रक्तबीज'ले 'रक्तकुण्ड'को रेकर्ड तोड्नेछ । - डा. रविन्द्र समीर, आख्यानकार

'रक्तबीज'मा राजदरबार हत्याकाण्डसँग सम्बन्धित हामीले सुनेका कतिपय घटनालाई उपन्यासमा निकै रोचकशैलीमा प्रस्तुत गरिएको छ । पढ्दै गर्दा उपन्यास नभएर दरबार हत्याकाण्डसँग सम्बन्धित सत्यतथ्यहरुको सँगालो हो कि भन्ने महसुस हुन्छ । कतिपय घटना र पात्रहरुका बारेमा उल्लेख गरिएका कुरा पत्याउनै मुस्किल पर्ने खालका छन् । 
रक्तबीज पाठकहरुका बीचमा निकै चर्चित उपन्यास हुने मैले अनुमान गरेँ । - जीवा लामिछाने, पूर्वअध्यक्ष, एनआरएन

पछिल्लो बाहिरी पृष्ठबाट

'रक्तकुण्ड' खोरमा थुनिएको बाघका बारेमा थियो । यसपटक 'रक्तबीज'मा दाह्रा नङ्ग्रा फुकालिएको बाघका विगतका बेवकुफीसँगै हाम्रा सडकमा खुलेआम गर्जिरहेको तिरङ्गे सिंहका हरकतको पोल खोलेको छु । गणतन्त्रप्रेमी नागरिक हुनुको नाता कर्तव्य निभाउने प्रयास हो यो । थाहा। छैन 'रक्तबीज' बजारमा आएपछि सिंहका अनुचरहरूको प्रतिक्रिया के हुन्छ ? तर मानसिक रूपले म जुनसुकै प्रतिक्रिया व्यहोर्न तयार छु । आखिर दुनियाँमा अजम्बरी को छ र ! 

बाँचिरहेछु भने अर्को कृतिमा भेटौंला ।

अविरल अनुसन्धानमूलक आख्यान लेख्न मन पराउँछन् । 'रक्तबीज'मा उनले राजदरबार हत्याकाण्डको खास चूरो र भारतीय हस्तक्षेपका मिहीन कुरा केलाएका छन् । जनयुद्धका बारेमा आममानिसले अनुमान गर्न नसक्ने रहस्योद्घाटन गरेका छन्, त्यो पनि सप्रमाण | उनको अनुसन्धान शैली र लेखन निकै माझिएको छ । 

'रक्तबीज' यस्तो आख्यान हो, जसले भावीपुस्ताका लागि विगत तीन दशकयताको सत्यतथ्य सुरक्षित गर्ने काम गरेको छ । एकप्रकार गणतन्त्रको संस्थागत विकासका लागि साहित्यतर्फको यो कोसेढुङगा हो ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode