Prashantaka Chaalharuma Mero Nepal

Prashantaka Chaalharuma Mero Nepal

प्रशान्तका छालहरूमा मेरो नेपाल

E-book
Rs 70
Genre:Travel
Language: Nepali
Published:2004

पुस्तकको बारेमा

वि. सं २०६१ मा प्रकाशित नियात्रासङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’ मा उनका अमेरिकासम्बन्धी चार, बेलायतसम्बन्धी एक, जापानसम्बन्धी एक र पपुआ न्युगिनीसम्बन्धी दुई रचना छन् । उनी अमेरिका र बेलायतमा त्यहाँका विश्वविद्यालयहरूमा अध्ययनका लागि गएका थिए भने जापानमा एउटा तालीममा पुगेका थिए । पपुआ न्युगिनीमा भने उनी त्यहाँको अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय सल्लाहकार थिए ।

यस कृतिको प्रकाशन भएदेखि नै विकास अर्थशास्त्री चन्द्रप्रसाद भट्टराईले नियाक्रा विधामा आफ्नो सशत्त उपस्थिति जनाएका छन् । त्यसपछि उनका ‘अनौठो मुलुक अनौठा अनुभूति’ (२०७१) र ‘नीला गोलार्द्ध’ (२०७६) नामका दुइटा नियात्रासङ्ग्रह प्रकाशित छन् ।  हाल उनी नियात्रा समाज नेपालका अध्यक्ष छन् ।

‘प्रशान्तका छालहरूमा मेरो नेपाल’को भूमिकामा वरिष्ठ नियात्राकार डा तारानाथ शर्मा लेख्नुहुन्छ :

“भट्टराईका यी यात्रावर्णनका अनेकौं विशेषताहरूमध्ये दुइटालाई चाहिँ मैले प्रमुख मानेको छु । पहिलो विशेषता अन्तर्गत उनी जहाँ गए पनि र जहाँ पुगे पनि नेपालको सम्झनालाई निरन्तर सँगै राखिछाड्छन् र त्यसै हुनाले लेखक हरेक स्थान, घटना, दृश्य र व्यक्तिसित साक्षात्कार हुनेबित्तिकै नेपालका त्यस्तै स्थान, घटना, दृश्य र व्यक्तिसित भावालोडित तुलना गर्न पुगिहाल्छन् । मातृभूमिप्रतिको यही अगाध आस्थाले गर्दा यी यात्रावर्णन अविस्मरणीय हुन पुगेका छन् ।

यस पुस्तकको दोस्रो विशेषता चाहिँ आफूले वर्णन गरेका पात्रहरूसँग होस् वा दृश्यहरूसँग होस् पाठकलाई समेत प्रभावित पार्दै त्यहीँ पुर्‍याउन सक्नु र साक्षात्कार गराएझैँ भावविह्वल तुल्याउन सक्नु हो । यिनै विशेषताहरूले गर्दा भट्टराईका यी रचना नियात्राका रूपमा प्रतिष्ठित र प्रशंसित हुने छन् ।

तथ्यहरूको सूची दिने वस्तुपरक शैलीलाई नअँगाली लेखकले बालसुलभ उत्सुकताका साथ नयाँनयाँ कुराको उद्घाटन गर्दै लगेका छन् र पाठकहरूलाई पनि त्यस्ता रोचक परिचयमा आफ्नै जस्ता अनुभूति दिँदै सँगसँगै हिँडाएका र सोचाएका छन् ।”

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode