Mero London Rajtilak Yatra

Mero London Rajtilak Yatra

मेरो लन्दन राजतिलक यात्रा


E-book
Rs 60
Paperback
Rs 135 Rs 150
Eligible for Free Shipping
Publisher: Utkrishta Prakashan
Genre: Travelogue
Language: Nepali
Edition: 3rd

Paperback

Origin: Nepal
ISBN13: 9789937060776
ISBN10: 993706077X
Pages: 84

पुस्तकको बारेमा

भाषा–साहित्यका अनुसन्धानकर्ताहरूले आजभन्दा १०६ वर्षअघि छापिएको ‘मेरो लन्दन–राजतिलक–यात्रा’ लाई नेपाली यात्रासाहित्यमा प्रकाशित प्रथम पुस्तकाकार कृति मानेका छन् ।

ब्रिटिस शासनकालमा  भारतीय सेनाका सुबेदार  मेजर शेरसिंह राना मगरले सन् १९११ (वि सं १९६८) मा बेलाइतका राजा जर्ज पञ्चमको राज्याभिषेकको अवसरमा आफ्नो पल्टनका सरदारका हैसियतमा भारत हिमाचल प्रदेशको बकलौ छाउनीबाट लन्डनको यात्रा गर्ने अवसर पाएका थिए । यही यात्राका विविध प्रसङ्ग र अनुभूतिलाई उनले डायरी शैलीमा लिपिबद्ध गरी सन् १९१३ (विसं १९७०) मा ‘मेरो लन्दन–राजतिलक–यात्रा’ शीर्षकमा पुस्तकाकारमा प्रकाशित गरे । नेपाली भाषासाहित्यमा र विशेष गरी यात्रासंस्मरणमा रुचि राख्ने पाठकहरूका लागि यो अत्यन्त दुर्लभ र ठूलो ऐतिहासिक महत्वको कृतिको खोजी गरेर उत्कृष्ट प्रकाशन प्रा.लि.ले २०७६ सालमा तेस्रो संस्करण प्रकाशित गरेको छ ।

यस कृतिलाई पुन प्रकाशन गर्दा यसको वर्णविन्यासलाई परिवर्तन गरिएको छैन । कुनै कुनै ठाउँमा एउटै शब्दमा फरक फरक वर्णविन्यास भएको ठाउँमा एकरूपता ल्याउने प्रयास मात्र गरिएको छ । यसमा प्राय विभक्ति छुट्याउने प्रवृत्ति देखिन्छ । ‘य’ का ठाउँमा ‘ञ’को प्रयोग तथा अहिले लेखनमा प्रचलनमा नरहेको ‘ड़’ वर्णहरूको प्रयोग भएको छ । वर्णहरूमा दीर्घ मात्राको प्रयोग अधिक रहेको छ । हलन्त बहिष्कार आन्दोलनलाई सघाउ पुर्र्याउने खालका वर्णविन्यासको प्रयोग यसमा पाइन्छ । खुट्टा काटेका अक्षर यसमा छैनन् । 

लन्डनको महिमागान गरिएको यस कृतिमा लेखकले देखेका विकासका कुराहरूलाई निकै रोचक ढङ्गले वर्णन गरेका छन् । त्यहाँको विकासको मूल कारण भनेको नै विद्या हो भन्ने कुरालाई बारम्बार उल्लेख गरिएको छ । लन्डनले विद्याको सदुपयोग गर्ने सपुतहरू जन्माएकोमा प्रशंसा गरेका छन् । समग्रमा लेखकले सय वर्षभन्दाअघिको  लन्डनका कलाकौशल, यातायात व्यवस्था,  बजार, बेलाइती राजपरिवार, दरबार, भाइभारदार, सर्वसाधारणबारेमा मात्र होइन फर्किँदा बाटामा पर्ने स्थानहरु जिबराल्टर, माल्टा, सईद, अदन एवं बम्बईको पनि साहित्यिकतापूर्ण वर्णन गरेका छन् ।