Meri Mata
Meri MataMeri Mata

Meri Mata

मेरी माता

E-book
Rs 135
Paperback
Rs 202Rs 225
Genre:Novels
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712316
ISBN10:9937712319
Pages:143
Weight:100 g

पुस्तकको बारेमा

'मेरी माता' पुस्तकमा साहित्यकार मदनमणि दिक्षितले आफ्नी आमासँग जोडिएका अनेक सम्झना समेटेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

तबेलाको काम गर्नेबाहेक परिवारहरूको रोज-रोजको सेवाका निम्ति एक-एक जना कमारी रहने गरेका थिए । कमारीहरू हाम्रो घरमा बस्दा अज्ञात व्यक्तिबाट सन्तान जन्माउँथे र त्यस्ता सन्तानलाई हाम्रो त्यो विशाल घरको चारैतिरको पर्खालको फेदमा लुकाएर गाडिदिने गर्थे । 

एउटी कमारीले मेरी माहिली दिदीको विवाहको अन्त्यमा लोकन्ती भएर जानुपर्दा उसको लोग्नेले नयाँ सुती साडीको माग गरेको थियो । त्यसबाट रिसाएर उसलाई मेरा एक पितृव्यले हात समातेर फनफनी घुमाएका थिए र त्यसको दाहिने पाखुरा भाँचिएको थियो । यो संवत् १९७७ सालको घटना हो ।

भाने भन्ने कमारोले एक दिन मेरा एक पितृव्यको दराजमा रहेको बट्टा चुरोट झिकेर सल्कायो । त्यो अपराधबापत उसका दुवै हातमा कटक बिजुली बाँधेर चक्का घुमाई एक घन्टासम्म बिजुली लगाइयो । बिजुली लागेको समयमा भाने एक डल्लो भएर भुइँमा लडिरह्यो । चार घन्टापछि त्यो केटोको होस खुल्यो र उठेर काम गर्न थाल्यो । यो घटनाको साक्षी थिएँ म ।

मेरा पितामह चढ्ने घोडा पुड्को, निक्खर कालो र निकै फूर्तिलो थियो । पितामहले पहिरिने कोटमा घोडाको कालो रौं एउटा मात्र पर्यो भने पनि उहाँ गैरीधारादेखि ट्रॅडिखेलको खरीको बोटसम्म जाँदा सयसले घोडाले जति नै उहाँको लट्ठीको पिटाइ सहनुपर्थ्यो ।