Hajur Aamaka Katha's front cover

Hajur Aamaka Katha

हजुरआमाका कथा

E-book

Rs 160

Paperback

Rs 460

Delivery in 1-3 days

पुस्तकको बारेमा

यो पुस्तक हजुरआमा पुस्ताका महिलाहरुले भोगेका जीवन अनुभवका कथा हो । संङ्ग्रहमा समेटिएका हजुरआमाहरु असी वर्ष माथीका छन् । उनीहरुको विविध सामाजिक र साँस्कृतिक परिवेशका कथामा विगतको समय, समाज र इतिहासहरु जिवन्त भएका छन् । हजुरआमाहरुका कथामा समाजले बिर्सेका वा महत्वहिन ठानेका एतिहासिक प्रसंङ्गक पाटाहरु समेत देखिन्छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालमा उखान छ, "आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको ।" यो उखानअनुसार कुरा पुरुषहरूकै सुन्नु पर्दछ । हाम्रो समाजमा पुरुषका बोली, अनुभव, ज्ञानगुनका कुराले वैधानिकता पाउँछ ! 'महिलाहरूले पनि जानेका हुन्छन र महिलासित भएका ज्ञान र अनुभव पनि महत्त्वपूर्ण हुन्छन्' भन्ने कुरामा विश्वास गरिंदैन । त्यसैले होला महिलाका भनाइहरूको उद्धरण दुर्लभ छ ।

एकातिर नेपाली नारीहरूले 'पढे बोक्सी हुन्छन्', 'पढे पोइल जान्छन्' भन्ने कुसंस्कारमा हुर्कनु पर्यो, अर्कोतिर विकसित देशका नारीहरू आफ्नो हक, हित र अस्तित्वको लडाईंमा अग्रगामी बने ।। यो पुस्तकका धेरै पात्रहरूको कथा पढ्दा थाहा हुन्छ, उमेरको आठ दशक कटिसक्दा पनि शिक्षाको तिर्सना कसरी उनीहरूको मनमा आलो घाउ बनेर रहेको छ । हाम्रा धेरै हजुरआमाहरूले अक्षर नचिनेका कारण संसार देख्न पाएनन् र आफूले चाहेअनुसारको जीवन जिउन पाएनन् ।

All Editions

9789937855884
Paperback, 1st Edition
ISBN13: 9789937855884
Akshar Creations, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review