Filingo
FilingoFilingo

Filingo

फिलिङ्गो

Paperback
Rs 495 Rs 550
Genre:Novels
Language: Nepali
Published:March 26, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937945103
ISBN10:9937945100
Pages:308

पुस्तकको बारेमा

महिलाको आत्मसम्मान र आत्मनिर्णयका विषयलाई आधार बनाएर लेखिएको उपन्यास हो फिलिङ्गो । समाजमा महिलाले अनेक प्रकारका हिंसाहरु खेप्नु परेको छ । अज्ञानता र चेतनाको अभावमा महिलाहरुले यस्ता दुव्र्यवहारहरु युगौँदेखि सहदै आएका छन् । सम्मानित जीवन बाँच्न पाउनु पर्छ चेतनाको अभावमा जीवनलाई जम्ने तलाउ बनाउन हुँदैन भन्ने सन्देश उपन्यासले दिएको छ । जापान र नेपालको परिवेशलाई आधार बनाएर लेखिएको यो उपन्यासकी प्रमुख पात्र सीमान्ती पितृसत्ताको शोषणमा परेकी छ । आफु यसरी शोषणमा पर्न हुँदैन भन्ने चेतना उसले समयमै बोध गर्छे र अस्तित्व निर्माणका लागि लड्छे र अन्ततः सफल हुन्छे । यी सन्दर्भहरुमा जापानी महिला र नेपाली महिलाका संवेदनाहरु पनि जोडिएका छन् ।  

पछिल्लो बाहिरी पृष्ठबाट

फिलिङ्गो पूँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा परेकी सीमान्तीको अस्तित्व निर्माणको कथा हो । उपन्यासमा सीमान्तीको मूल कथासँग आप्रवासी श्रमिकका व्यथा, महिलामाथि समाजले गर्ने हिंसाका अनेक तह र पैसाको पछाडि भौंतारिन बाध्य भौतिकवादी जीवनका पीडा रोचक ढङ्गमा जोडिन आएका छन् । मात्चुयामा सहरको केन्द्रमा बुनिएको यस उपन्यासले जापानसम्बन्धी अनेक तथ्य र त्यहाँको इतिहास, संस्कृति र संस्कारका विविध सन्दर्भलाई वर्णनात्मक शैलीमा उतारेको छ ।

नारीमाथि हुने गरेका दमनको अन्त्यका लागि सामाजिक सचेतनाका साथै महिलाको आत्मविश्वास र अठोट आवश्यक छ भन्ने चेतनाको झिल्को बाल्ने काम फिलिङ्गोले गरेको छ । पूँजीवादी अर्थव्यवस्थाका कारण पैसाका लागि जीवनलाई दाउमा लगाउन बाध्य विकासोन्मुख मुलुकका जनताको जीवन कति सङ्घर्षपूर्ण छ भन्ने विषयलाई फिलिङ्गोले समेटेको छ ।

- डा. रजनी ढकाल

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode