Paperback

Rs 440 550

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

"हेर लोपा, नारी भएर समाज विपरीत जाने धृष्टता गर्नुहुन्न । पुरुष र विशेष गरी पतिको पाइलामा पाइला मिलाएर चल्नु नै स्त्री जातिको सनातन धर्म हो । हाम्रो गौरवशाली आर्य धर्म र दर्शनको प्रचार प्रसारका निमित्त रक्तशुद्धि अति जरूरी छ । तिम्रो मत मान्ने हो भने समाजमा अनाचार र अधर्म बढ्दै जान्छ । त्यसैले यो हठ त्यागिदेऊ !” अगस्त्यले सम्झाउन खोजे ।
“हे ऋषिदेव ! नारी र पुरुष समाजरूपी रथका दुई पाङ्ग्रा हौं । यसको अर्थ नारीले आफ्नो स्वतन्त्र चिन्तन त्याग्नुपर्छ भन्ने त होइन होला ? अनि महान् आर्य सभ्यताको विकास र विस्तार जातीय सङ्कुचनबाट सम्भव छैन । यसले त मानव मानवबीच आर्य-अनार्य, एक र अर्को सभ्यताका नाउँमा द्वन्द्व र अशान्ति मात्रै बढ्न जान्छ । यस विपरीत रक्त सम्मिलनले आपसमा समन्वय ल्याएर आर्य सभ्यतालाई अरू व्यापक बनाउन सहयोग गर्नेछ ।” अगस्त्यपत्नी लोपामुद्रा आर्य-अनार्यका बीच रक्त सम्मिलनका माध्यमबाट जातीय सम्मिलन हुन सके मात्रै यस पवित्र हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भन्ने मान्यता राख्दथिन् । उनी घोषित रूपमै रक्त सम्मिश्रण र जातीय सम्मिलनको पक्षमा थिइन् ।

All Editions

9789937743464
Paperback
ISBN13: 9789937743464
Parichaya Publication, 2024