Uhapoha's front cover

Uhapoha

ऊहापोह

Paperback

Rs 425

Delivery in 1-3 days

पुस्तकको बारेमा

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक लक्ष्मणप्रसाद गौतम मूलतः समालोचक हुन् । कथा, निबन्ध र कवितामा समेत कलम चलाएका गौतमका बीसओटा भन्दा बढी अनुसन्धानात्मक समालोचनाकृति र त्यति नै सङ्ख्याका सम्पादित समालोचना ग्रन्थ र अन्य विषयक ग्रन्थहरू प्रकाशित छन् । ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ शीर्षकमा विद्यावारिधि गरेका उनले पचासभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरेका छन् । कथासृजनामा उनी फरक धार र प्रवृत्तिका साथ देखापरेका छन् ।
समयको प्रवाहमय गतिसँगै परिवर्तन भइरहने मानवीय जीवनका प्राप्ति-अप्राप्तिमा नै यस ऊहापोह कथासङ्ग्रहका कथाहरू केन्द्रित छन् । नारीसंवेदना, पुरूषमनोविज्ञान, प्रेम-प्रणयका साथै विज्ञानप्रविधि र साइबर संस्कृतिजस्ता सन्दर्भलाई अन्तर्वस्तु बनाइएका यी कथाका विषयचयन र प्रस्तुतिमा विविधता छ । यस किसिमका विविधताले कथा निकै पठनीय र कौतूहल जगाउने खालका भएका छन् । खासगरी यी कथाहरूले साइबर संस्कृतिको विकासँगै बदलिएका मूल्य, मान्यता तथा जीवनशैलीलाई सूक्ष्मरूपमा चित्रण गरेका छन् । नारीपुरूषका सम्बन्धमा देखापर्ने भावनात्मक सम्बन्ध तथा यसका विविध आयमलाई पनि यी कथाहरूमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यी कथा व्यक्तिमनका र विशेषतः नारीमनका संवेदना तथा ऊहापोहका यथार्थ विम्बचित्र हुन् ।

All Editions

Paperback
Shikha Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review