आत्मविश्वासी, स्वाभिमानी र दृढ निश्चयी स्वभावका प्रा.डा.लक्ष्मणप्रसाद गौतम नेपाली साहित्यमा परिचित नाम हो । उत्कृष्ट र सुन्दर कृतिहरूसँग संवाद गर्न मन पराउने गौतमका समालोचनाहरू गहन र उत्कृष्ट कोटिका रहेका छन् । उहाँले हालसम्म १९ ओटा साहित्य समलोचनाका पुस्तकहरू प्रकाशन गराइसक्नुभएको छ । निबन्ध, कथा एवं कवितामा पनि उहाँको कलम चलेको हुन्छ । समलोचनाका विधि र पद्धतिहरू भए पनि वस्तुवादिता वा वस्तुगतता भित्र अनुसन्धान पद्धति अवलम्बन गरेर समलोचना लेखिनुपर्छ भन्ने मान्यता बोक्दै यस क्षेत्रमा उहाँको निरन्तर कलम चलेको छ ।
लक्ष्मणप्रसाद गौतमलाई समकालीन नेपाली कविताका प्रवृत्तिको लागि ई.स. २००९को अनेसास उत्तम पुस्तक पुरस्कार प्रदान गरिएको छ ।
Laxman Prasad Gautam has won the INLS Best Book Award for Samakalin Nepali Kavitako Pravritti in 2009 AD.