Currently not available.
Contact us for further queries.थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाब्यथासहित छुतवर्गको कथा समेटिएको छ। थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई पनि ‘टुवरा’मा उल्लेख गरिएको छ।
सानो आँगनले भिड थेग्न सकिरहेको थिएन । त्यही बीचमा अधमरा हालतमा थिए- टुवरा, पतिया काका र माइला । टुवराको पैताला फुटेको थियो, पिडौँला र तिघ्राभरि निला सुम्ला बसेका थिए। भयङ्कर ठूलो अपराधीले झैँ मुन्टो झुकाइरहेका उनीहरूको मुहारमा औधी पीडा प्रस्ट देखिन्थ्यो । मालिकको रहस्यमय मृत्युबारे एकछिन गाइँगुइँ चल्यो र भिड बिस्तारै पछि हट्यो । तर, अझै पनि गाउँमा प्रश्न र जिज्ञासाहरू बाँकी नै छन् ।
तराईका टुवरा र कोहिल्या, पहाडको मान्ठा । यिनै पात्रमार्फत निमुखा निमोठ्ने सामन्ती जमातमाथि पुस्तकले धावा बोलेको छ। सहनशीलता पनि एक दिन विस्फोटक बन्न सक्ने चेतावनी छ । गणतन्त्र प्राप्तिमा भुइँमान्छे भनिएकाको झन् ठूलो योगदान रहेको सत्य बिर्सन दिएको छैन । थारू भाषा-संस्कृतिसँग साक्षात्कार गराउँदै आलुको कुचा, एक चिम्टी नुमैचाको पृथक् स्वाद पस्किएको छ उपन्यासले। धेरैभन्दा धेरै कलमबाट अझ लेखिनुपर्छ हाम्रा सांस्कृतिक विविधता दर्शाउने कथा अनि यस्तै पिँधमा पारिएका सिङ्गो समाजको व्यथा ।
नीलम कार्की निहारिका
Your review helps others make informed decisions
Click on a star to start your review