Currently not available.
Request this bookचितवनको शुक्रनगरमा जन्मी हुर्किएका मनोज अज्ञात, थारू समुदायका प्रतिनिधि लेखक हुन्, बजार व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी लामो समयदेखि विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित गर्दै आएका छन् । रेडियो पत्रकार मनोज अज्ञातको यो पहिलो आख्यानात्मक कृति हो ।
चितवन थारू समुदायको बसोवास भएको रैथाने भूगोल हो । यहाँको कथा थारू समुदायकै लेखकबाट लेखिनु सुखद संयोग भएको छ । टुकी उही भूगोल अनि उही समुदायको जीवनयापनको कथा भन्ने कृति हो । ७६ रौँ जिल्ला भनिंदै आएको चितवनको पहिलेको कथा कस्तो थियो त ? त्यहाँ बसोवास गर्ने थारू समुदायको जीवनशैली कस्तो थियो त ? यी जिज्ञासाहरूको जवाफ खोज्ने पाठकलाई पनि यो आख्यानात्मक कृति सहयोगी हुने छ ।
पुस्तकले मध्य तराईमा बसोबास गर्ने थारु समुदायको कथा भन्छ । यसले थारु इतिहास, संस्कृति र चालचलनको अभिलेखिकरण गरेको छ । उपन्यासकले थारु समुदायको उत्पिडन कथा भन्दैन तर सङ्केत गर्छ । पुस्तकको मुख्य उद्देश्य नै यसको इतिहास र संस्कृतिलाई बढि भन्दा बढि पाठकसम्म पुर्याउने देखिन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review