Tuki

Tuki

टुकी

Paperback
Rs 325
Genre:Fiction
Language: Nepali
Published:July 07, 2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937038058
ISBN10:9937038057

पुस्तकको बारेमा

चितवनको शुक्रनगरमा जन्मी हुर्किएका मनोज अज्ञात, थारू समुदायका प्रतिनिधि लेखक हुन्, बजार व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी लामो समयदेखि विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित गर्दै आएका छन् । रेडियो पत्रकार मनोज अज्ञातको यो पहिलो आख्यानात्मक कृति हो ।

चितवन थारू समुदायको बसोवास भएको रैथाने भूगोल हो । यहाँको कथा थारू समुदायकै लेखकबाट लेखिनु सुखद संयोग भएको छ । टुकी उही भूगोल अनि उही समुदायको जीवनयापनको कथा भन्ने कृति हो ।  ७६ रौँ  जिल्ला भनिंदै आएको चितवनको पहिलेको कथा कस्तो थियो त ? त्यहाँ बसोवास गर्ने थारू समुदायको जीवनशैली कस्तो थियो त ? यी जिज्ञासाहरूको जवाफ खोज्ने पाठकलाई पनि यो आख्यानात्मक कृति सहयोगी हुने छ ।

पुस्तकले मध्य तराईमा बसोबास गर्ने थारु समुदायको कथा भन्छ । यसले थारु इतिहास, संस्कृति र चालचलनको अभिलेखिकरण गरेको छ । उपन्यासकले थारु समुदायको उत्पिडन कथा भन्दैन तर सङ्केत गर्छ । पुस्तकको मुख्य उद्देश्य नै यसको इतिहास र संस्कृतिलाई बढि भन्दा बढि पाठकसम्म पुर्‍याउने देखिन्छ ।