Satya Gita's front cover

Satya Gita

सत्य गीता
Satya Gita's front coverSatya Gita's back cover

Paperback

Rs 1375

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सत्य गीता - ५२०० वर्षको लामो समयपश्चात् जसले मलाई जसरी भज्दछ, म पनि उसलाई त्यसरी नै भज्दछु भन्ने कारण-कार्य-कारणरूप परमात्मा र अन्य शाश्वत नियमरूप परमात्मामा आधारित परम मोक्षग्रन्थ गीताको नवीन सत्य व्याख्या
गीतामा जसले मलाई जसरी भन्दछ, म पनि उसलाई त्यसरी भन्दछु (४|११ ) भन्ने घोषणाद्वारा भगवान्‌ले परमात्मा यस सृष्टिमा कारण-कार्य-कारणको शाश्वत नियमका रूपमा क्रियाशील रहेको स्पष्ट पार्नुभएको छ । नीतालाई सूक्ष्म रूपमा अध्ययन गर्दा बन्धन र मोक्षका दृष्टिले परमात्मा मानिसमा सात शाश्वत नियमहरूका रूपमा क्रियाशील रहेको देखिन्छ । परमात्माका शाश्वत नियमहरूका रूपमा क्रियाशील मानिसको जीवनको संरचना के कस्तो रहस्यमय छ भने यस संरचनामा इन्द्रिय र विषयको मिलनका क्षणमा मनमा उत्पन्न हुने राजपूर्ण (सुखद र द्वेषपूर्ण (दुःखद अनुभूतिहरू भोग गर्दा मानिसमा त्रिगुणी संस्कारहरू र मभावरूप मूल अज्ञान हुन्छ । फेरि यसको विपरीत विनै अनुभुतिहरूलाई भोग नगरी समदुः खसुखम् स्थितिमा रहँदा मनका त्रिगुणी संस्कारहरूको नाश, मभावरूप मूल अज्ञानको नाश र समानान्तर रूपमा मनको समत्वको विकास हुँदै अन्ततः परमात्मासँग योगस्थिति प्राप्त हुन्छ । गीतामा मानिसको जीवनमा छिपेको बन्धन र मोक्षप्राप्तिको यो अकाट्य सत्यको व्याख्या गरिएको छ ।
तर दुर्भाग्य नै भनौं, भगवान‌ले गीतावाचन गर्नुभएको आज १२०० वर्ष बितिसक्दा पनि गीतामा छिपेको बन्धन  र मोक्षको यो अकाट्य सत्य वा रहस्यलाई बुझ्न वा पहिल्याउन नै असमर्थ भई गीताको व्याख्याका नाममा यो परम मोक्षग्रन्थको अनेकौं वैचारिक, सैद्धान्तिक, दार्शनिक, शास्त्रीय वा अपभ्रंश व्याख्या भइरहेको छ। यस पुस्तकमा नीतामा भगवान्‌ले कारण-कार्य-कारण शाश्वत नियमरूप परमात्मालाई केन्द्रमा राखेर गर्नुभएको मोक्षप्राप्तिको सत्य मोक्षविद्यालाई पुनः प्रकाश वा पुनर्जीवित गर्ने प्रयास गरिएको छ ।

डा. मुरली अधिकारी
आध्यात्मिक चिन्तक, सत्य मोक्षसाधनाविधिका अन्वेषक, तत्त्वशोध कर्ता, पशुपति बुद्ध मन्दिर डलास अमेरिकाका संस्थापक अध्यक्ष डा.मुरली अधिकारी मूलतः सत्य मोक्षविद्या वा साधनाविधिको अनुसन्धान, स्व-साधना प्रबंधन आदिमा रुचि राख्नुहुन्छ । समाजसेवा, सामाजिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक उत्थान आदि क्षेत्रहरूमा पनि क्रियाशील डा. अधिकारीका धर्मचक प्रवर्तन, महासतिपट्टान सुत्त, विपश्यना साधना विधि, विवेक चूडामणि पुस्तकहरू प्रकाशित भइसकेका छन् । यस क्रममा सरल सत्य गीता, गीता विपश्यना विज्ञान, साङ्ख्ययोग, कर्मयोग, भक्तियोग परमात्माका छ शाश्वत नियमहरू आदिजस्ता झण्डै एक दर्जन आध्या त्मिक पुस्तकहरू लेखन समाप्त भई सम्पादनको चरणमा प्रवेश गरेका छन् ।

All Editions

9789937340809
Paperback
ISBN13: 9789937340809
Shikha Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review