Delivery in 1-3 days
यो सङ्ग्रहमा निम्नलिखित पुस्तकहरू समावेश छन्:
रमेश विकलका कथाबारे केही समालोचक
... ( रमेश विकलका कथा) सामन्तवादको विपक्षी भए पनि सो फलाको नहालेर बढ्ता कलात्मकता, सीप र सौन्दर्यपट्टि ढल्किएको छ।
-डा. तारानाथ शर्मा
घोत्ल्याईंहरू
रमेश विकलज्यूको ठूलो विशेषता हाम्रो गाउँले जीवनको अभावग्रस्त भागलाई कथासाहित्यमा अभिव्यक्त गर्नु हो।
-रत्नध्वज जोशी
नेपाली कथाको कथा
विकलका कथाको आदिस्वर हो- सामाजिक चेतना । यिनमा समसामयिक समाजमा हुन थालेका पारिवारिक विघटन औ मानिसका पारस्परिक सम्बन्ध भञ्जनका अनेक पक्ष पाइन्छन् । यसले युगबोध औ जीवनबोधको तीक्ष्णता जति उकासिएको छ, त्यति नै व्यक्तिका आन्तरिक सङ्घर्ष औ जीवनसङ्ग्रामको तुमुलमा पनि प्रष्ट्याएको छ।
-डा. ईश्वर बराल
आख्यानको उद्भव
समाजका जटिल आर्थिक एवं मानवीय जीवनको पर्यवेक्षण गर्दै प्रगतिशील सामाजिक रूपान्तरणमा गहिरो आस्था राख्ने आलोचनात्मक यथार्थवादी कथाकार हुन् रमेश विकल।
-दयाराम श्रेष्ठ
नेपाली कथा र कथाकार
सबै कथाले केन्द्रस्थमा जीवन राख्छ र साध्यिक ध्येय समन्यायिक समाज छ । परम्परागत मान्यतामा भनिएजस्तो उनका रचनाले कल्पना र भावनाले विवेचनामात्र गर्दैनन्, समाज र विधि-व्यवहारमा रहेका यथार्थ विषयलाई आलोचनात्मक चेतबाट परिष्कार गरिएका छन्; यसर्थ रमेश विकल नेपाली कथाका महानायक हुन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल र पारिजात नेपाली कथाका चार स्तम्भ हुन्।
-गोपी मैनाली
रमेश विकल : समालोचनात्मक अन्वेषण
कथ्य र विषयको सुन्दर अनि कलात्मक संयोजनद्वारा वर्गविभेद देखाउने रणनीति नै रमेश विकलको मूल प्रवृत्ति हो र यस अर्थमा उनी उत्कृष्ट आलोचनात्मक यथार्थवादी कथाकार सिद्ध हुन्छन्।
-डा. कृष्णहरि बराल
रमेश विकल विम्ब एक, प्रतिविम्ब अनेक
मैनालीले स्थापना गरेको कथापरम्परालाई पछ्याउँदै अनि यथार्थबोध समाजबोध र जीवनबोधका सन्दर्भमा एक पाइला अगाडि बढेर यथार्थवादी जीवनदृष्टि सिर्जनामूल्यलाई आत्मसात् गर्ने रमेश विकल यथार्थवादी कथाकार हुन्।
-डा. गोपीन्द्र पौडेल
रमेश विकल विम्ब एक, प्रतिविम्ब अनेक
Your review helps others make informed decisions
Click on a star to start your review