Delivery in 1-3 days
प्रिय इन्दिरा ! बिदाइमा तिमीले मलाई फूलको गुच्छा दियौ । मैले फलको त्यस गच्छालाई स्नेह, माया र प्रेमको प्रतीकका रूपमा स्विकारेको छु । हिँड्ने बेलामा तिम्रा आँखाभित्र टल्केको आँसु पनि मैले देखें र त्यो नै मोतीका दाना बन्दै तिम्रो नाकको डाँडीका छेउकुनाबाट गुडुल्केर ओर्लेका पनि देखें । त्यतिखेर त्यहाँ मैले तिम्रो प्रेम नै उत्सर्गिक भएर टलक्क टल्केको देखें । त्यति बेला म भक्कानिएको पनि नाटक होइन । त्यो तिमीसँगको बिछोडको व्यथाको मेरो भक्कानो थियो। ढुङ्गो त फुट्छ र त्यहाँबाट पानी रसाउँछ भने हामी त मान्छे पौँ । मान्छेमा पनि मेरो मन किन यति कमलो भएको हो । यो विषय मलाई थाहा छैन । कहिलेकाहीं त मलाई यो मनलाई नै कच्याककुचुक पारेर फाल्न मन लाग्छ, तर त्यसो गर्न पनि सकिँदो रहेनछ । वास्तवमा मान्छेले जीवनमा आफूसँग जे छ त्यही लिएर हिँड्नुपर्दो रहेछ।
- नरेन्द्रराज प्रसाई