नइ प्रकाशन नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको हो । नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु नइ प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने यो गैरराजनितिक संस्था हो । यो संस्था वसुधैव कुटुम्बकम्को सिद्धान्तमा आबद्ध छ । नइ प्रकाशनले नेपाली सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ । यसरी परिचालित सार्वजनिक कार्यले राष्ट्रनिर्माणको महान् अभियानमा समेत आफ्ना ठाउँबाट गच्छेअनुसार सार्थकता प्रदान गरिरहने छ भन्ने हामीलाई लागेको छ ।
Nai Prakashan Tole-7, Ghattekulo,

Books published by Nai Prakashan

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode