Parityakta

Parityakta

परित्यक्ता

E-book
Rs 135
Paperback
Rs 247 Rs 275
Genre:Contemporary Fiction
Language: Nepali
Published:June 28, 2020
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937937818
ISBN10:9937937817
Weight:100 g

पुस्तकको बारेमा

एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे; समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्दछ ।

पछिल्लो बाहिरी पृष्ठबाट

भुवन कोइरालाका नामले सुरुमा साहित्यिक जगतमा परिचित भुवन ढुङ्गानाको जन्म विराटनगरमा भएको हो । बाल्यकालको शिक्षादीक्षा बनारसमा पाएकी उनले विश्वभारती विश्वविद्यालय, शान्ति निकेतनबाट नृत्य र बङ्गाली भाषामा स्नातक र त्रिविबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । पञ्चायतकालमा 'सिउँडी' साहित्यिक त्रैमासिकको सम्पादनसमेत गरेकी उनको युद्धको घोषणा गर्नुभन्दा अघि र 'धर्मविम्ब' कथासङ्ग्रह प्रकाशित छन् । बीपी कोइराला साहित्य सम्मानलगायत थुप्रै पुरस्कारप्राप्त उनको यो पहिलो उपन्यास हो ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode