Nepal-ma Vidhyalaya Shiksha

Nepal-ma Vidhyalaya Shiksha

नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाज

Edited by Devendra Uprety, Edited by Pratyush Wanta, Edited by Lokranjan Parajuli
Paperback
Rs 300
Genre:Research
Language: Nepali
Published:August 15, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937594288
ISBN10:9937594286
Pages:viii+302

पुस्तकको बारेमा

विद्यालय शिक्षाका विभिन्न पक्षमा केन्द्रित पुस्तक, लेख, अनुसन्धान-पत्र वा शोध ग्रन्थहरूको संख्या नेपालमा हालैका वर्षमा यथेष्ठ बढेको छ । यद्यपि, सार्वजनिक शिक्षाका धेरै पक्षमा अध्ययन-अनुसन्धान हुन अझै बाँकी छ । यस्तै कम अनुसन्धान भएको एउटा क्षेत्र सार्वजनिक विद्यालय शिक्षाको इतिहास पनि हो । नेपालको शैक्षिक इतिहासबारे जे-जति लेखिएको छ, तिनको प्रमुख धार “राज्य-केन्द्रित” छ । नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाजमा संगृहीत लेखले अलि भिन्न धार र विधिबाट नेपालको शैक्षिक इतिहास (राणा कालको अन्तिम पाउदेखि सन् १९९० सम्मको) केलाएका छन् । 

    नेपालका विभिन्न सामाजिक समूह—बाहुन-क्षत्री, महिला, मधेशी र दलित—मा औपचारिक शिक्षाको विस्तार; उनीहरूको शैक्षिक पहुँच र विस्तारमा विभिन्न व्यक्ति (कर्ता) ले गरेका प्रयत्न; र ती प्रयत्नका सामाजिक आधारबारे नेपालमा विद्यालय शिक्षामा विस्तृतमा चर्चा गरिएको छ । नेपालमा सार्वजनिक शिक्षा विस्तारको अन्तर्देशीय आयामलाई समेत पुस्तकले उजागर गर्छ । त्यस बाहेक, पञ्चायतकालीन शिक्षा-राजनीति बुझ्न समेत पुस्तक महत्त्वपूर्ण छ । शिक्षाको इतिहास र राजनीति एवं शिक्षा, राजनीति र समाजको अन्तर्सम्बन्धबारे चासो र रुचि राख्नेहरू, विद्यार्थी, शिक्षा-अध्येता तथा नीति-निर्माता सबैलाई यो पुस्तक उपयोगी छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode