लोकरञ्जन पराजुली ऐतिहासिक समाजशास्त्री हुन् । जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका पराजुलीको लेखन - सहलेखन, सम्पादन-सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
नेपालका दुई प्रतिष्ठित जर्नल स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास ) र समाज अध्ययनका उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे उनी गहिरो ज्ञान राख्छन् ।