Ma Eklo ra Udas Ustai

Ma Eklo ra Udas Ustai

म एक्लो र उदास उस्तै

E-book
Rs 125
Paperback
Rs 157 Rs 175
Genre:Literature/Essays
Language: Nepali
Published:April 20, 2013
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937311083
ISBN10:993731108X
Pages:120

पछिल्लो बाहिरी पृष्ठबाट

प्रवाह नदीको प्रयोजन हो । आफ्नो अस्तित्वका निम्ति बग्नु उसको अनिवार्यता तर नदीको ऐश्वर्य त उसको त्यो निर्झरता हो, उसले दिने अतिरिक्त मूल्य । यही अतिरिक्त मूल्यले नै कुनै चिजलाई सौन्दर्य प्रदान गर्दछ । जहाँ प्रयोजन समाप्त हुन्छ, त्यहाँ सौन्दर्य सुरु हुन्छ ।
- अमृतलाल बेगड 
(सौन्दर्य की नदी नर्मदा)

गीताको गीतकार, कथाकार, निबन्धकार, कवि, समालोचक प्रतिभाको संयोगले नै यी निबन्धहरू यति सुललित, सशक्त र सन्देशमूलक भएका हुन् । यिनको सबभन्दा ठूलो विशेषता हो- स्वाभाविकता जुन यिनको स्रष्टा व्यक्तित्व जस्तै टड्कारो छ । यस सङ्ग्रहका सबै निबन्धहरू गीताका भावनात्मक उत्कृष्टताका नमुना हुन् । सरल भाषामा व्यक्त गहन विचार यी निबन्धहरूको विशेषता हो।
- जगदीश घिमिरे

मलाई लाग्छ- कवितालाई फिंजाएपछि निबन्ध बन्छ । अथवा यसरी भनिदिऊँ- निबन्धले लगाएका ज्याकेटहरू एकान्तमा बसेर कलात्मक ढङ्गले खोल्दै जाने हो भने अन्तमा कविता निस्कन्छ । निस्केन भने त्यो निबन्ध होइन । हाम्रो महान् निबन्ध परम्पराले हामीलाई सिकाएको त्यही छ । गीता त्रिपाठी एक भावुक कवि र नामी गीतकार पनि हुन् । उनका निबन्धहरूको अन्तर्लयमा गीत भेटिन्छ र निबन्धको आत्मानेर पुगेपछि भेटिन्छ- काव्य । त्यसैले शब्दको खास स्वाद यहाँ छ।
उनलाई पढ्दा पढ्दै लाग्छ- यौटा कलाकारको हातमा शब्दहरू काँप्छन् । ती भत्कन्छन् र तिनको आन्तरिक सौन्दर्य बाहिर देखिन्छ । गीताका निबन्धहरूको माझमा पसेपछि जता फर्के। पनि सौन्दर्यको माझमा छु भन्ने आभास हुन्छ । त्यसको कारण उनका प्रकम्पित शब्दहरू नै हुन् । उनका गहिरा चिन्तनहरू कहिल्यै एक्ला छैनन् । विचारको वरिपरि विचारकै ओज छ । हदयमा आएर बास बस्ने विचारहरू सायद त्यसरी नै आउँछन् । गीत, कविता र निबन्ध एकैपटक यसरी पढ्न पाउनु दुर्लभ छ । उनका अति शान्त र विप्लवी क्षणहरूको प्रतिविम्बमा धेरैपटक आफूलाई भेट्न सकिन्छ- आफ्नै गीत र आफ्नै कवितासहित । यो समयको निबन्ध खोज्नुपरे सरल भाषामा लेखिएका गीता त्रिपाठीका निबन्धहरू उदाहरण हुन सक्छन् ।
 - मनु मन्जिल

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode