Dui Haraf Otha-haru

Dui Haraf Otha-haru

दुइ हरफ ओठहरु

E-book
Rs 100
Paperback
Rs 130
Currently not available.
Contact us for further queries.
Genre:Songs & Lyrical Poems
Language: Nepali
Published:September 13, 2007
Paperback
Origin:Nepal
ISBN13:9789994628957
ISBN10:999462895X
Pages:72

पछिल्लो बाहिरी पृष्ठबाट

दुई हरफ ओठहरू - संयुक्त गीत सङ्ग्रह समसामयिक अवस्थाको जीवन्त चित्रण बोक्न सफल भएको छ । यसमा कहिले दाजु-बहिनीको पीडाको अनुहारले यथार्थलाई डोऱ्याएको छ भने कहिले आकाश र धर्ती भएर युवाहरूको पीडालाई बाहिर ल्याएको छ । वास्तविक जीवनको सारगर्भित चित्र उतार्न नदी । र पहाड बलियो भएको छ भने आँसु र मुस्कानले मानिसहरूमा हुने भावुकतालाई चपक्क समातेको छ।

स्रष्टाहरूले देखाउन खोजेजस्तै जीवन उज्यालो पनि हो, अँध्यारो पनि हो । अँध्यारो सपना देख्नलाई हो भने उज्यालो विपना भोग्नलाई - जीवनको सार संघर्ष जहाँ अटुट रूपमा रहन्छ ।
गीताको गीत लेखन पहिले नै राम्रो थियो । उनले लेखेको एउटा गीतबाट प्रभावित भएर नै सारा गीतहरू जन्मेका हुन् । मञ्जुल गीतालाई बहिनीको रूपमा साहै माया गर्नुहुन्छ । गीता पनि मञ्जुललाई दाइको रूपमा साहै माया गर्छिन् । यही मायाको पवित्र नदीबाट यी गीतहरूले आ-आफ्ना नयाँ अनुहारहरू देखाउने अवसर पाएका हुन् ।

गीता जति कोमल छिन् उनले लेखेका गीतहरू पनि त्यत्तिकै कोमल छन् । हृदय छुने उनका भावहरूले शब्दहरूमा बसेर हामीलाई टुलुटुलु हेरिरहेको हामी पाठकहरू छर्लङ्ग देख्न सक्छौँ । मञ्जुलका मुस्कान र पीडाले लेखिएका गीतहरू मानिसहरूको हृदयमा स्तम्भ भएर उभिएका छन् । यी दुवै स्रष्टाहरूद्वारा सिर्जना भएका यी गीतहरूले नेपाली गीति क्षेत्रमा प्रवेश गरेर गीतको गरिमालाई अझ उज्यालो पार्न मद्दत गरून, स्रष्टामातासँग म यही प्रार्थना गर्छु।
सुस्मिता नेपाल

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode