Genre: | Songs & Lyrical Poems |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937708401 |
ISBN10: | 9937708400 |
Pages: | 235 |
Published: | 2018 |
Dinesh Adhikari is a familiar and well-known name in the field of Nepali poems and songs. His writing has a qualitative elevation in his point of view. His songwriting has a poetic flow and happiness. This is an anthology of contemporary Nepali songs.
नेपाली कविता र गीतको क्षेत्रमा परिचित र प्रसशित नाम हो- दिनेश अधिकारी । संख्यात्मक र गुणात्मक दुवै कोणबाट उनको लेखनले उचाई चुमेको छ । गीतकार हुनुको कारण उनका कवितामा गीतात्मकता पाइन्छ भने कवि हुनुको कारण उनका गीतमा कविता-आनन्द प्राप्त हुन्छ ।
प्रणय-पीरतीलाई कलात्मक अभिव्यक्ति दिने विशिष्ट कौशल भएका दिनेश अधिकारीका गीतले नेपाली समाज, सामाजिक मनोचेत र परिवर्तनलाई पनि अनुभूतिको तहमा ओर्लेर छामेका छन् ।
म बिर्स कसोरी । - दिनेश अधिकारीको चौथो गीतसङ्ग्रह हो । यस सङ्ग्रहमा स्वतन्त्र रूपमा लेखिएका वा चलचित्रका लागि लेखिएका शुरुदेखिकै उनका प्रतिनिधी र लोकप्रिय गीतहरू सगृहीत छन् । यो सङ्ग्रह गीत-सङ्गीतसँग सम्बन्धित व्यक्तिका लागि मात्र होइन कलात्मक, गम्भीर र अर्थपूर्ण गीतप्रति अभिरुचि राख्ने पाठकका लागि उत्तिकै रुचिकर र उपयोगी हुनेछ । नेपाली गीतका अध्येता वा सङ्ग्रहकर्ताका लागि पनि यो कृति महत्वपूर्ण सामग्री हुनेछ ।