Kshitizko Sparsha
Kshitizko SparshaKshitizko Sparsha

Kshitizko Sparsha

क्षितिजको स्पर्श

E-book
Rs 100
Paperback
Rs 250
Genre:Songs & Lyrical Poems
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937033343
ISBN10:9937033349

पुस्तकको बारेमा

प्रस्तुत पुस्तक एउटा अलग धारको नौलो शैली (दर्शन-साहित्य) को कृतिको रूपमा - देखापरेको छ। यसमा व्यक्त गरिएका कल्पना तत्त्वमा आधारित अभिव्यक्तिहरू (emotions) भित्र नेपाली लोकजीवन पद्धति, संस्कृति र दर्शनका उद्धरणहरू, तुलनात्मक अलङ्कारहरू तथा विम्बहरू प्रयोग भैरहेको अनुभूत गर्न पाइन्छ। विशेषतः यसमा भ्रामक वास्तविकता (hallucinatory realism) ओगटेको जीवन-दर्शन टड्कारो रूपमा देखा पर्दछ। पुस्तक पठनीय र संग्रहणीय भएको छ।

- सत्यमोहन जोशी (वाङमय शताब्दी पुरुष)

“क्षितिजको स्पर्श” त्यस्तो पहाड हो जहाँबाट कविता, दर्शन र मन्त्र एकसाथ देखिन्छ ।

- अमर न्यौपाने (उपन्यासकार)

“क्षितिजको स्पर्श”का रचनामा जीवन र जगतलाई बुझाउने खालका दार्शनिक अभिव्यक्ति प्रकट भएका छन् । यी सूत्रहरू अँध्यारो सुरुङका ढोका र कुना कुनामा प्रज्ज्वलित दीप हुन् ।

- श्यामल (कवि)

क्षितिजको स्पर्श सङ्ग्रह दर्शन–साहित्य भरिएझैं लाग्छ । आफ्नै पारामा विश्लेषण गरी विवेक लगाउँदा ब्रह्म स्फुरण हुनेगर्छ । ब्रह्म स्फुरित अवस्थामा जीवन–दर्शन खुल्नु त जीवनले नै जीवन देख्न सकिने अवस्था उघ्रिनु हो । जीवनले जीवन देख्न सकिने अवस्थामा आफैँमा, आफैँले, आफूलाई देख्न सकिने स्थिति सिर्जित हुने मुहूर्त ठान्छु, मान्छु । 

गद्यात्मक–पद्य/पद्यात्मक–गद्यका अभियनता आर. मानन्धरका मानन्धरीयता आत्मबोधी ज्ञानको अभावमा छट्पटाइरहेका सबैसबैलाई आफू नै उपमेय माध्यम बनाएर प्रस्तुत गर्न खप्पिस देखिएको छ । यिनै खप्पिसपनलाई शिल्पसाधना गर्न सक्नुमै मानन्धरीय प्रयोग जँचिन्छ । सबैसबै नै आफ्ना गन्तव्य क्षितिज उन्मुख गराउने लक्ष्य निर्धारण गर्दो आभास कोरिएको पद्यात्मक–गद्य/गद्यात्मक–पद्य बनेको छ ।

- तेजेश्वरबाबु ग्वंगः (मधुपर्क मासिकमा)

“क्षितिजको स्पर्श”लाई स्पर्श गर्न खोज्दा क्षितिज जस्तै असीम र सागर जस्तै गहीरो जीवन दर्शनको गुरुत्वाकर्षणले तान्छ । हरेक वाक्य मन्त्र जस्तै गहन भएर पनि बोधगम्भ छन् । आर. मानन्धरको यो कृति सबै गम्भीर पाठकका निम्ति अत्यन्त ठूलो उपहार हो ।

- सुलोचना मानन्धर धिताल (कवि, कथाकार तथा प्राज्ञ)

“क्षितिजको स्पर्श” आँखाले पढेर, मनले गुनगुनाएर मेरो मस्तिष्कलाई रन्थनाएको छ । काव्यात्मक बाहुल्यताले गर्दा प्रत्येक रचना पढ्न मात्र होइन सुन्न पनि त्यत्तिकै आनन्दको अनुभूति हुन्छ । रचनाका शब्दशक्ति र सौन्दर्यले मनको गहिराइसम्म स्पर्श गर्नसक्ने सामर्थ्य “क्षितिजको स्पर्श”मा रहेको छ ।

- श्रीओम श्रेष्ठ ‘रोदन’ (साहित्यकार तथा सम्पादक ‘मधुपर्क’ मासिक)

“क्षितिजको स्पर्श”दर्शन–साहित्य भनिए पनि यस पुस्तकलाई दर्शन–काव्य भन्न सकिन्छ । रचना जति छोटा छन् त्यति नै खँदिला छन् । दर्शनका गम्भीर कुरा सरल भाषामा काव्यिक लहर छरेर प्रस्तुत गरिएका रचनामा पाठकले नयाँ स्वाद लिन सक्छन् । 

- जीतेन्द्र रसिक, साहित्यकार

“क्षितिजको स्पर्श”मा समकालीनताका कालजयी सन्दर्भहरुले प्रवेश पाएका छन् । प्रयोगका सरल सिलसिलामा पनि विशाल विचारका विम्बहरु उद्घाटित छन् । मन छुने, जीवन बुझिने र आत्मसात् गर्नुपर्ने भावनाका साथ प्रकाशित ‘क्षितिजको स्पर्श’ले नयाँ अध्यायको ढोका खोलेको छ ।

दर्शन–साहित्य विधा अन्तर्गत् लिखित कृतिमा छोटा तर काव्यिक र मर्मस्पर्शी विचारका उठानमा सत्य–सन्दर्भ समयको चित्रण सविस्तार गरिएको छ । प्रत्येक रचना निबन्ध, कविता र दर्शनका समष्टिगत विम्ब हुन् । तिनले आजको जीवन, दृष्टिकोण, स्वभाव, संस्कारलगायत मानवजगत्का तमाम पात्र र पाटाहरुलाई सिलसिलाबद्ध रुपमा चित्रण गरिएको छ । 

- ज्ञानेन्द्र विवश (नागरिक दैनिकमा)

मानन्धरका रचना मौनावस्थामा फलेका शब्दजस्ता लाग्छन् । त्यसैले तिनले मौनावस्थाकै स्वाद दिन्छन् ।

- रोशन दाहाल (अन्नपूर्ण पोस्टमा)

पछिल्लो बाहिरी पृष्ठबाट

आर. मानन्धर नेतृत्व विकास तथा माइन्डफुलनेसका प्रशिक्षक तथा लेखक हुन् । युवावस्थादेखि नै नेपालभाषा साहित्यमा अटुट रूपमा कलम चलाइरहेका उनी नेपाली हुँदै अङ्ग्रेजीमा विस्तार भएका छन् । - उनी 'द हिमालयन टाइम्स' दैनिकको नेतृत्वसीपसम्बन्धी स्तम्भ लीडरशिप लीग का नियमित स्तम्भकार हुन् भने उनको अग्रेजी पुस्तक कन्सियस लीडरशिप : अ जर्नि विडइन पनि प्रकाशित भएको छ ।

उनले बाल्यावस्थामै पाँच वर्ष बौद्ध श्रमण भई थाइलैण्डमा धर्म-दर्शनको अध्ययन गरेका थिए । उनी मनोविमर्शकर्ता हुनुका साथै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्ने संस्था 'काबुले-द वाइज लीडर' का संस्थापक पनि हुन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode