Gham Bhanda Pahile
Gham Bhanda PahileGham Bhanda Pahile

Gham Bhanda Pahile

घामभन्दा पहिले

Paperback
Rs 270 Rs 300
Genre:Travelogue
Language: Nepali
Published:February 18, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937751735
ISBN10:993775173X
Pages:149

पुस्तकको बारेमा

भवानी खतिवडाको नवीनतम् नियात्रासङ्ग्रह हो, घामभन्दा पहिले । खतिवडाले पुस्तकमा मुक्तिनाथ-यात्राका चार, हलेसी-यात्राको एक र रारा-यात्राका दस नियात्राहरु सङ्ग्रह गरेकी छिन् ।

नेपाली छन्द कवितामा आफूले अब्बल साबित गरिसकेकी खतिवडाले “घामभन्दा पहिले”बाट नियात्रा लेखनमा पनि आफूलाई अब्बल प्रस्तुत गरेकी छिन् । नियात्रा कृतिमा पनि उनको काव्यिक व्यक्तित्व झुल्किएको छ, जसले कृतिलाई थप पठनीय बनाएको छ ।

यो पुस्तक २०७८ सालको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्राप्त कृति हो।

 

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली छन्द कविताको क्षेत्रमा आफ्नो प्रखर उपस्थिति जनाइसकेकी भवानी खतिवडा अब नियात्राकारको रूपमा झुल्किएकी छिन् । कोकगोष्ठीमा समझन्दी टिप्पणी गरेर आफ्नो काव्यिक प्रतिभा प्रस्तुत गरिरहेकी स्रष्टाको यो नियात्राकृति घामभन्दा पहिले पनि उस्तै चखिलो पाएँ । आशीर्वाद छ- यो अक्षारयात्रा कहिल्यै नरोकियोस ।

सत्यमोहन जोशी

नेपाली नियात्रा विधामा उदीयमान नक्षत्रको रूपमा रहेकी भवानी खतिवडाको कलमबाट नेपालका हिमालहरू बोलेको देखेर एकदमै आह्लादित भएको छु। यिनको लेखनीबाट नेपालको विशिष्ट भूगोल, कला, साहित्य र हाम्रो समृद्ध सामाजिक बनौटको स्वरूप झल्किरहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

तारानाथ शर्मा

अनुभवको ताउलोमा खारिएर साहित्यको खलियोमा पसेकी भवानी खतिवडा छन्दमा सुललित कविता लेख्ने स्रष्टा हुन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा काव्य सम्मानमात्र होइन, अन्य विधामा पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन् । उनमा त्यसको अभिमान छैन । अभाव, अशक्तमाथि सहयोग गरिहाल्छिन् तर प्रतिफलको गुनासो छैन । प्रस्तुत घामभन्दा पहिले यात्रानिबन्ध लेखनको जादुमय शब्दशिल्पले हामीलाई चमत्कृत बनाउँछ तर कस्तूरीलाई आफ्नै सुवासको पत्तो छैन ।

भुवनहरि सिग्देल

यात्राको गतिसँगै छिङ्गछिङ्गदै सम्बन्धित भूभागका प्रकृति र जीवनलाई हृदयसित एकाकार तुल्याई निजात्मक रागले पर्याप्त मात्रामा रैगाएर परिष्कृत-प्रवाहमय भाषा र रसमय उन्मुक्त शैलीमा कवित्वको छिनोले कॅदिएका हुँदा भवानी खतिवडाका यी नियात्राले मलाई मोहनी लगाएका छन् ।

निर्मोही व्यास

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode