Currently not available.
Contact us for further queries.डा. दामोदर पुडासैनी ‘किशोर’ले अनेकौँ कठिनाइ भोगेर डोल्पोका अनकन्टार
गाउँ, बस्ती र निर्जन हिमाली भूभागको झन्डै दुई महिना भ्रमण गरे । विचित्र सौन्दर्यले भरिपूर्ण डोल्पाका हिमाली र पहाडी भूभागहरूको साहसी र जोखिमपूर्ण यात्रा गरेर डा. पुडासैनीले त्यस भेगको लुकेको भूगोल र विचित्र संस्कृतिलाई कोणकोणबाट चिरफारसमेत गरे । प्राकृतिक जादुगरी र मानवीय चहलपहलको फरक शैलीले सुसज्जित डोल्पो अहिलेसम्म पनि संसारको सामु रहस्यपूर्ण रहेको छ । उनको यो पुस्तक डोल्पो! ओ डोल्पो !! अनकन्टार प्रदेशमा लुकेका डोबहरूको ताजा उत्खननले भरिएको लालित्यपूर्ण शब्दचित्र हो। नियात्रासङ्ग्रहमा जीवन र जगत्का अनेकौँ अनौठा रङ्गहरू कलात्मक र प्रभावशाली ढङ्गले अभिलेख राखिएको छ । लेखापरीक्षण विषयमा विद्यावारिधि (पिएच.डी.) गर्ने पहिलो नेपाली पुडासैनीको साहसपूर्ण र एकोहोरो लगावको यात्रा एवं नवीन र हस्तक्षेपकारी लेखनशैलीका कारण यो पुस्तक आमपाठकका लागि प्रियकर बन्नेछ भन्ने हाम्रो विश्वास छ ।
Your review helps others make informed decisions
Click on a star to start your review