Devkumari Thapa ka Kathama Baaljeevan's front cover

Devkumari Thapa ka Kathama Baaljeevan

देवकुमारी थापाका कथामा बालजीवन
Devkumari Thapa ka Kathama Baaljeevan's front coverDevkumari Thapa ka Kathama Baaljeevan's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

पुस्तकको बारेमा

सिक्किम विश्वविद्यालयबाट उहाँले "देवकुमारी थापाका कथामा बालजीवनको सन्दर्भ" विषयमा गर्नुभएको पीएचडीमा आधारित यो कृतिको विराटनगरमा वैशाख ३, २०७९ का दिन हुने कार्यक्रममा विमोचन हुने कार्यक्रम छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

देवकुमारी थापासम्बन्धी नेपालबाट धेरथोर काम भए पनि भारतबाट त्यति गम्भीरताका साथ काम भएको थाहा पाइँदैन । यहाँका विभिन्न महाविद्यालयका स्नातक तहका पाठ्यक्रममा थापाका कथाहरू अध्ययनअध्यापन भए पनि शोध अध्ययनको क्षेत्रमा त्यो कमी रहेको देखिन्छ। यस दृष्टिले हेर्दा प्राज्ञिक र साहित्यिक क्षेत्रमा दिपेनको यो पुस्तक नै पहिलो पुस्तक भएर थापाको कथाकारिताले पुयाएको अथाह योगदानलाई थोरै भए पनि मूल्याङ्कन गर्ने प्रयास गरेको पुष्टि हुन्छ।
-प्रो कविता लामा

दिपेन तामाङले देवकुमारी थापाका कथामा बालजीवनको सन्दर्भ शीर्षकमा पीएच डी (विद्यावारिधि) गरिसक्नुभएको छ । यो दिपेन भाइको महत्त्वपूर्ण प्राज्ञिक उपलब्धि त हुँदै हो, त्यससँगसँगै विशिष्ट कथाकार दिज्यू देवकुमारी थापा र उहाँको कथा-साहित्यप्रतिको सम्मान पनि हो ।...फेरि त्यही शोधप्रबन्ध अहिले अनुसन्धानात्मक समालोचना-ग्रन्थका रूपमा प्रकाशित हुन लाग्दा म झन् खुसी छु।
-प्रमोद प्रधान

 

All Editions

Paperback
Babarsingh Devkumari Thapa Sewa Guthi, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review