Chaubisi Rajya Parbat

Chaubisi Rajya Parbat

चौबीसी राज्य पर्वत

Paperback
Rs 450
Genre:Nepali History
Language : Nepali
Published: February 04, 2023
Edition:1st
Paperback
Pages:200

पुस्तकको बारेमा

पुस्तकलाई पहिलो खण्ड (खस साम्राज्यको पतन र बाइसी चौबीसी राज्यहरूको जन्म), दोस्रो खण्ड (पर्वत राज्य स्थापना, उत्थान र पतन), तेस्रो खण्ड (पर्वत राज्यको सामाजिक, आर्थिक र प्रशासनिक प्रबन्ध), चौथो खण्ड (पर्वत राज्यकालको केही महत्वपूर्ण ऐतिहासिक ठाउँहरू), पाँचौँ खण्ड (राज्यविलोपनपछि पर्वतक्षेत्रको राजनीतिक अवस्था) र सन्दर्भ सामग्री भनी विभाजन गरिएको छ ।

पहिलो खण्डमा लेखिएको छ, “बाइसी चौबीसी राज्यहरू वर्तमान नेपालको त्रिशुलीपश्चिम र महाकालीपूर्वको भूमिमा स्थापित भएका थिए । नेपाल एकीकरणको सुरुवात नुवाकोटबाट भएको थियो । गोर्खाले सर्वप्रथम जितेको बालकोट त्यसपछि नुवाकोट हो । त्यसपछि मनवानपुर, अनि मात्र काठमाडौँ उपत्यका लिइएको थियो । पूर्वतमा दार्जिलिङ सिक्किमसम्म सीमा पुगेपछि बल्ल बाइसी चौबीसी राज्यहरू विजय गरिएका हन् । राजा रणबहादुर शाहको शासनकालमा राजेन्द्रलक्ष्मी र बहादुर शाहको नायवीकालमा बाइसी चौबीसी राज्यहरू डोलाइएका हुन् । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको श्रेय दिइन्छ । उनले चौबीसी राज्यहरू लिने कोसिस नगरेका भने होइनन् तर सफल भएका थिएनन् । उनको शेषपछि मात्र गोर्खाले बाइसी चौबीसी राज्यहरू लिएको हो ।”

RELATED BOOKS