प्रगतिवादी कविता क्षेत्रमा ०३५-३६ को जागरण सँगसँगै देखापरेका एक होनहार युवा हस्ताक्षरको नाम हो- अच्युत फुयाल । जनताका इच्छा, आकांक्षा दुःख, पीडा र संघर्षलाई कलात्मक आकृतिमा कुँदेर निर्माण भएका उनका कविताहरू जैतुनका हाँगाहरू झैं प्रिय छन्। उनले जसरी आफू बाँचेको समाज र जनताको मनोविज्ञानलाई सशक्त अभिव्यक्ति प्रदान गर्दै सिर्जनामा आफ्नो मौलिक परिचय स्थापना गरेका छन् त्यसबाट उनी आफ्ना समकालीन माँझ एक प्रतिभा सम्पन्न सर्जकका रूपमा चिनिएका छन्।
राजधानीको पूर्वतिर रहेको आलापोट फुयाल गाउँमा जन्मेका अच्युत फुयालको पहिलो कविता २०३६ सालमा 'लहर' पत्रिकामा छापिएको थियो। त्यसदेखि यता झण्डै एक दशकको छोटो अवधिमा जसरी उनले आफूलाई सिर्जनाको माथ्लो उचाइमा पुयाए- यहाँ कमै मात्र सर्जकहरूले त्यस्तो गर्न सकेका छन् । अच्युत फुयालको जीवनप्रतिको अगाध स्नेह, जनता र देशको माया, कविताको रचना प्रक्रियामा उनले लगाएको अनवरत संघर्षशील श्रमले नै उनको यो सुन्दर कृति 'भूगोलमाथि उभिएको जैतुन' लाई जन्माउन सकेको हो।
-नारायण ढकाल
..अच्युतका कविताहरूले समाजलाई सचेत र नेपाली साहित्यलाई बलिष्ट गराउन गहकिलो भूमिका खेल्न सफल भएका छन् । अनेकौं अप्ठ्यारा र विसंगतिलाई कलात्मक ढाँचाले चिरफार गरी कवितामा नयाँ शैली खोज्न वहाँ सफल हुनुभएको छ...
-श्रवण मुकारुङ
नेपालपत्र साप्ताहिक
३० जेठ, २०४८
Your review helps others make informed decisions
Click on a star to start your review