Pwakh
PwakhPwakh

Pwakh

प्वाँख

E-book
Rs 150
Paperback
Rs 265Rs 295
Genre:Poetry
Language: Nepali
Published:July 02, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937953016
ISBN10:9937953014
Pages:112
Weight:99 g

पछिल्लो बाहिरी पृष्ठबाट

"'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।"
- नवराज पराजुली

"के कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञ्चलताले भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।"
- नदीश