Baisaalu Khaptad

Baisaalu Khaptad

बैंसालु खप्तड

E-book
Rs 50
Paperback
Rs 175
Genre:Travelogue
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937291071
ISBN10:9937291070

पुस्तकको बारेमा

'वैशालु खप्तड' पुस्तकमा लेखकले खप्तड यात्राको संस्मरण पस्केका छन् । बाल्यकालदेखि सङ्गालेका अनुभवहरू समेटेका छन् । मेरा भित्री पोखेका छन् । खप्तड क्षेत्रको परिवेश छुने प्रयास गरेका छन् । नेपालको अभिन्न अङ्ग भएर पनि सुदूरपश्चिमले राज्यबाट बेहोर्दैआएको दोस्रो दर्जाको व्यवहार, सुदूरपश्चिम पछाडि पारिनुको अर्थ-राजनीति, यस क्षेत्रले भोगिरहेको कृत्रिम गरीबी, अभाव र पीडाबारे उल्लेख गरेका छन् । जल, जमीन, जङ्गल र जडीबुटीमा सम्पन्न यस क्षेत्रको समग्र विकासको सम्भावना तथा यहाँको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई उजागर गर्ने प्रयास गरेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

'बैसालु खप्तड’ मैले पढेँ र यी शब्द लेख्दै छु । भोजराज भट्टजीको सोच पनि अग्लो र उज्यालो छ, चिन्ता गहिरो, छटपटी क्रियाशील र प्रेम संक्रामक छ। यिनै सोच, चिन्ता, छटपटी र प्रेमले उहाँलाई लेखक बनाएको छ, यात्री बनाएको छ, सहृदयी बनाएको छ । उहाँका यसअघिका किताब साक्षी छन् । यो नियात्रासंग्रह अर्को पुष्टि हो ।

-नीलाम्बर आचार्य,  वरिष्ठ राजनीतिज्ञ

नियात्राकार भोजराज भट्ट खप्तडलाई बैसालु भन्छन्, रागात्मक भन्छन् । यिनको नियात्रा लेखन वस्तुपरकभन्दा पनि भावात्मक छ भन्ने कुरा यस्तै शब्दावलीबाट थाहा हुन्छ । रागात्मक खप्तड शीर्षकको लेख अत्यन्त भावपूर्ण छ । त्यसो त यस नियात्रासंग्रहका धेरैजसो पक्ति कवितात्मक छन्, मार्मिक  छन् ।

- प्रा. डा. चूडामणि बन्धु

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode