Krishna Bajgai

Krishna Bajgai

कृष्ण बजगाईं

बेलायत निवासी डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईं विगत २१ वर्षदेखि नेपाल बाहिर रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष, प्रवासन अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नलका प्रधान सम्पादक, विगत १४ वर्षदेखि www.samakalinsahitya.com नामक साहित्यिक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गरिरहनु भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व तहमा रहेर कार्य गर्नु भएका बजगाईंले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । उहाँका नियात्रा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रमा पढाई भइरहेको छ भने एउटा लघुकथा म्यान्मार(बर्मा)को नेपाली स्कूलमा कक्षा ९ मा पढाई भइरहेको छ ।


१३ कृतिका सर्जक बजगाईका यन्त्रवत् (२०६४), रोडम्याप (२०६५), कवच (२०७२) लघुकथासङ्ग्रह प्रकाशित भएका छन् ।

सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), सुप्रमा साहित्य पुरस्कार (बेलायत), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल), डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल) आदि पुरस्कार तथा सम्मानद्वारा बजगाईं सम्मानित भएका छन् ।

Books Authored by Krishna Bajgai