'Muna Madan' Charity Show

ठकुरी महाँसंघ नेपालको भवन निर्माणार्थ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा अधारित चलचित्र 'मुनामदन' को च्यारिटी शो गरिंदैछ । 

चलचित्र आठ बर्षअगाडी निर्माण भएको भय पनि राम्रोसंग प्रदर्शनको पालो नपाएको यस चलचित्रको च्यारिटी आगामी  कात्तिक १८ गते बिहिबार मध्यान्न १२ बजे  कमलपोखरी स्थित रूसी सास्कृतिक केन्द्रमा गरिने भएको छ । 

एनबिए चलचित्रको ब्यानरमा ज्ञानेन्द्र देउजाले निर्देशन गरेको २ घण्टा ४५ मिनेटको सो चलचित्र मोफसलका केही हलहरूमा चलिसको छ । केही बर्षअगाडी  मोफसलको प्रदर्शनबाट राम्रो प्रतिक्रिया पाएको सो चलचित्रमा बिजय लामा, नीर शाह तथा सुभद्रा अधिकारीले जीवन्त अभिनय गरेका छन् ।